ओमानी सुल्तानलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई सन्देश



काठमाडौं, (नेस)।

खाडी मुलुक ओमानका नवनियुक्त सुल्तान हैथम बिन तारिक बिन तैमुर अल साइदलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना सन्देश दिनु भएको छ।

आफ्नो सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९७७ मा ओमानसँग कूटनीतिक सम्बन्ध स्थापित भएको स्मरण गर्दै हैथमको नेतृत्वमा दुवै मुलुकको सम्बन्ध अझ प्रगाढ बन्ने बताउनु भएको छ।बुधवार उहाँले पठाउनु भएको सन्देशमा नयाँ सुल्तान हैथमको नेतृत्वमा ओमानले अझ बढी प्रगति गर्ने विश्वास व्यक्त गर्नु भएको छ।

त्यस्तै प्रधानमन्त्री ओलीले पठाउनुभएको सन्देशमा हैथमको नेतृत्वमा आपसी हित र द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो बन्ने उल्लेख गर्दै बनाउन व्यापार, लगानी, उर्जा, रोजगार, पर्यटन र जनजनको सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गर्नु भएको छ।

ओमानका सुल्तान काबुस बिन सईद अल सईदको गत शुक्रवार ७९ बर्षको उमेरमा निधन भएपछि हैथम नयाँ सुल्तान नियुक्त हुनु भएको छ। नवनियुक्त सुल्तान पूर्व सुल्तान काबुसका काकाका छोरा हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्