दुर्घटनामा एकको मृत्यु



काठमाडौं, (नेस)।

शंखरापुर नगरपालिका–६ साँखुस्थित सडकमा बा१६च ८७७० नम्बरको स्कार्पीयो गाडी, बा६४प ६८०९ नम्बरको मोटरसाइकल र भारतीय बीआर ०६ पीडी ४०५९ नम्बरको स्कार्पियो गाडी एक आपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक थाम्पालधाप गाउँपालिका–७ घर भई दक्षिण ढोका बस्ने शिव सुनुवार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनमा घाइते भएका मोटर साइकलमा सवार सागर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्