पर्यटकलाई काठबाट बनेको मायाको चिनो



ललितपुर (नेस)।

ललितपुरको लामाटारमा रहेको पातले सामुदायिक वन उपभोक्ता समूहले पर्यटन वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई काठबाट बनेको मायाको चिनो उत्पादन गरी वितरण गर्ने भएको छ।

अध्यक्ष हीराबहादुर पौडेलले १ सय जनालाई प्रत्यक्ष रोजगार प्रदान गरी मायाको चिनो उत्पादन गरी वितरण गर्ने बताउनुभयो।
वनले श्रृंग ऋषिगुफा तथा सूर्यमैते गुफाको संरक्षण र प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा जुट्ने उपभोक्ताले प्रतिबद्धता जनाएका छन्।

बाग्मती प्रदेशका सांसद माधव पौडेलले पातले वन नेपालकै नमुना वनका रुपमा अघि बढेको र पर्यटकीय क्षेत्रको संरक्षणमा समेत जुटेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्