राष्ट्रपति भण्डारीलाई चर्चको अनुरोध



काठमाडौं (नेस) ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार सेभेन्थ­डे एडभेन्टिस्ट चर्च नेपालको अध्यक्ष उमेशकुमार पोखरेलको नेतृत्वमा गएको टोलीले भेटी इसाई समुदायले भोगेका समस्या अनुरोध गर्यो।

राष्ट्रपतिसमक्ष एक लिखित निवेदनसहित सेभेन्थ­डे एडभेन्टिस्ट चर्चसँग सम्बधित विषयहरू अवगत गराउनुका साथै नेपालमा सेभेन्थ­डे एडभेन्टिस्ट निकाय स्वास्थ सेवाको निम्ति सन् १९५८ मा नेपाल भित्रिएको र त्यस समयदेखि विभिन्न स्वास्थ तथा सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालित भइरहेको उल्लेख गर्यो।

प्रतिनिधिहरूले नेपालका र देश र जनताको सेवाको निम्ति समर्पित साथै धर्मलाई मान्ने र नमान्ने स्वविवेकको स्वतन्त्रतालाई ह्ृदयदेखि कदर गर्ने असल नागरिकहरू हुन् भनेर राष्ट्रपतिसमक्ष अवगत गराए। पत्रमा अल्पसंख्यक वर्गमा भइरहेको र हीनताबोध मनस्थितिबाट राहत दिन नेपालको कानुनमा वैधानिकता देओस् भन्ने माग पनि गरिएको छ।

प्रतिनिधिमण्डलमा अध्यक्ष कुमारसहित शान्ती पोख्रेल, राकेश लामिछाने, कुमार अधिकारी, कर्ण राई र भजुराम तखाछेँ श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्