अश्लिल व्यवहार गर्ने कारबाहीमा



काठमाडौं, (नेस)।

अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा भाइरल बनाउने तनहुँ अरुणोदय घर भई चितवन भरतपुर उपमहानगरपालिका विकासचोक बस्ने रविन सार्की भन्ने रविन रुचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

रविनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा र प्रोनसाइडमा अपलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी पक्राउ गरेको हो।

रविनले १ वर्षअगाडि सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरेर भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सञ्जालमार्फत नै गालीगलौज गरेका थिए।

त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भागेर भारतको दिल्लीमा गई बसेको र २÷३ महिनाअगाडि चितवनस्थित आफ्नै घरमा आई बसेको महाशाखाले जनाएको छ।सार्कीले हस्तमैथुन गरेर आफूभन्दा अघिल्लो सिटमा बस्ने एक युवतीको टाउको भिजाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्