अस्ट्रेलियाको डढेलोप्रति चिन्ता गर्दै राजदूतलाई पत्र



नेपाल समाचारपत्र, काठमाडौं।

नेपालमा पशुकल्याण तथा मानव अधिकारका लागि काम गरिरहेका संघ–संस्थाहरूले नेपालका लागि अस्टे«लियाका राजदूत पेटर बुडलाई सोमबार उहाँको राजदूतावासमा भेटी सम्पूर्ण नेपालीहरूको तर्फवाट अस्टे«लियामा फैलिएको विनासकारी डढेलोबाट करोडौं पशुपंक्षीले ज्यान गुमाउनुका साथै व्यापक रुपमा भएको जनधनको क्षतिप्रति अस्टे«लियाको सरकार, जनता तथा डढेलोबाट प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावितप्रति समवेदना प्रकट गरे।

५० भन्दा बढी संघ–संस्थाको प्रतिनिधित्व गर्दै धार्मिक संस्थालगायत पशुकल्याण तथा मानव अधिकारको क्षेत्रमा कार्यरत १३ स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाका प्रतिनिधिहरूले डढेलोबाट जनावरहरूलाई बचाउन र प्रभावितहरू जनावरलाई तत्काल हेरचाह गरेकोमा अस्टे«लियन सरकार तथा सबै व्यक्ति तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई धन्यवाद व्यक्त गरे।

राजदूत बुडमार्फत अस्टे«लियन सरकारलाई लेखिएको पत्रमा भविष्यमा अस्टे«लियाले वन्यजन्तु तथा अन्य जनावरलाई संरक्षण गर्न आफ्नो वातावरणसम्बन्धी कानुनलाई सुदृढीकरण गर्दै जलवायु परिवर्तनको क्षेत्रमा सकारात्मक कदम चाल्न सबैमा अनुरोध गरिएको छ।

पशुकल्याणमा कार्यरत संस्थाहरूले पानीको बढी उपभोग गरेको भन्दै १० हजार ऊँट मार्ने अस्टे«लियन सरकारको योजनालाई पुनर्विचार गर्न पनि अनुरोध गरिएको छ। राजदूत बुडले विनासकारी डढेलोबाट लाखौं जनावरको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्दै डढेलोका कारण कतिपय जनावरहरू लोपोन्मुख तथा नास हने अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गर्नुभयो।

साथै उहाँले विनासकारी डढेलोले वातावरण तथा जैविक विविधतामा पर्ने असरबारेमा अनुसन्धान हुने जानकारी गराउनुभयो। नेपाल र अस्टे«लियाबीचको लामो मित्रता तथा साझेदारीप्रति खुशी व्यक्त गर्दै राजदूत बुडले अस्टे«लियाको दुःखमा साथ दिन पुगेका नेपाली संघसंस्थाका प्रतिनिधि मण्डललाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।अस्ट्रेलियामा गत सेप्टेम्बर महिनादेखि लागेको डँढेलो अझै नियन्त्रणमा आएको छैन।

प्रतिक्रिया दिनुहोस्