आविष्कार केन्द्रलाई ह्वाइटफिल्डको सहयोग



ह्वाइटफिल इन्टरनेसनल कलेज विद्यार्थी काउन्सिलले राष्ट्रिय आविष्कार केन्द्रलाई ३० हजार १ सय ३० रुपियाँ आर्थिक सहयोग गरेको छ। कलेजको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रका प्रमुख महावीर पुनलाई सो रकम हस्तान्तरण गरिएको हो।

विद्यार्थीबाट संकलन गरिएको सो रकमले आविष्कार केन्द्रको विकासमा सहयोग पुग्ने केन्द्रका प्रमुख पुनले बताउनुभयो। काउन्सिलका विद्यार्थी शिक्षकले सो रकम हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्