बन्दुकसहित दुई युवक पक्राउ



राजविराज, (नेस)।

भरुवा बन्दुकसहित दुई जना युवकलाई सप्तरीले प्रहरीले पक्राउ गरेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१ गोरपारमा भरुवा बन्दुक लिएर शिकार खेलिरहेका दुई जना युवकलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट भरुवा बन्दुकसहित त्यसमा लाग्ने एक थान बारुद मेटासिन तथा २५ थान छर्रा (साइकलको बल) बरामद गरिएको छ।सशस्त्र प्रहरी बल भारदह सुरक्षा बेस क्याम्पबाट गस्तीमा खटिएको टोलीले कञ्चनरूप नगरपालिका वडा नम्बर १ मलकोरका बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका वडा नम्बर १० कमलपुरका रविन तामाङलाई आइतबार राति नियन्त्रणमा लिएको हो।

भरुवा बन्दुक, लाग्ने बारुद मेटासिन तथा छर्रासहित नियन्त्रणमा लिइएका दुवै जनामाथि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक वैधनाथ झाले जानकारी दिए। दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तिलक भारतीले बताए।

प्रतिक्रिया दिनुहोस्