अपोलोले गरेको जटिल शल्यक्रियाले श्रेष्ठले पाए नयाँ जीवन



मस्तिष्कको जटिल शल्यक्रिया गरी भारतको दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले एक नेपालीको ज्यान बचाएको छ। झापाका ४८ वर्षीय नारायणकुमार श्रेष्ठको अपोलोका वरिष्ठ न्युरो सर्जन डा. प्रणवकुमारको टोलीले शल्यक्रिया गरी ज्यान बचाएको हो।

श्रेष्ठको त्यसअघि नेपालकै एक अस्पतालमा शल्यक्रिया गरिएको थियो। तर अत्यधिक रक्तश्राव भई अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो। रक्तश्राव रोकिएपछि पोस्ट अपरेटिभ कक्षमा सारी निकै जोखिम अवस्थामा अपोलो लगेर उपचार गरिएको जानकारी गराइयो।

‘नेपालमा गरिएको शल्यक्रिया सफल नभएपछि दोस्रो ओपिनियनका लागि अपोलो पुगेको थिएँ। त्यहाँ मेरो रिपोर्ट हेर्नेबित्तिकै डा. प्रणवकुमारको टोलीले पुनः शल्यक्रिया गर्नुभयो। आज म यो अवस्थामा छु, ठीक छु।’ –अपोलोद्वारा शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भन्नुभयो।

त्यसअघि वरिष्ठ न्युरो सर्जन डा. प्रणवले श्रेष्ठको स्वास्थ्य समस्या र न्युरो सर्जरीमा भित्रिएको नयाँ उपचार पद्धतिका बारेमा जानकारी दिनुभएको थियो।उहाँले अपोलोमा भएको दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिले श्रेष्ठको उपचार सम्भव भएको बताउनुभयो। ‘उहाँको दायाँ मस्तिष्कमा साढे ६ सेन्टिमिटरको ट्युमर जेलिएको अवस्थामा थियो।

यो अवस्थामा हामीले एकदमै सावधानीपूर्वक उपचार गर्नुपर्दथ्यो। हामीले पेटरियोनल सर्जरी टेकनिक प्रयोग गरी यसलाई सफल बनायौं।’ –पत्रकार सम्मेलनमा डा. प्रणवले भन्नुभयो।

कार्यक्रममा अपोलो अस्पतालले न्युरो सर्जरीमा नेपाली बिरामीका लागि दिइएको सेवा र सहुलियतको बारेमा समेत जानकारी गराइएको थियो। यतिसम्म कि बिरामी श्रेष्ठकी श्रीमतीले श्रीमान्को ट्युमर पूरा निकालिएको विषयमा विश्वास नै गर्नुभएको थिएन।

तर श्रेष्ठले भने ट्युमरको शल्यक्रिया गरेको तीन हप्तापछि पहिलाजस्तै सामान्य अवस्थामा अफिस जान थालिसकेको र अहिले आफूलाई टाउको पनि नदुख्ने र हलुका भएको बताउनुभयो।

अपोलोमा उपचार गर्न धेरै नेपालीहरू जाने गरेका छन्। १२ वर्षअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसमेत सोही अस्पतालमा भएको डा. प्रणवले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्