रुट परिवर्तन नगर्न  स्थानीयको अनुरोध



शिक्षा पन्त, लमजुङ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित मध्यपहाडी लोकमार्ग प्रभावित स्थानीयहरूले मध्यपहाडी लोकमार्गाको रुट परिवर्तन नर्गन अनुरोध गरेका छन्। यसअघि सडकको नक्साङकन भएको रुट छाडेर खेतीयोग्य जमिन मास्न लागेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्न
याँ रुटले खेतीयोग्य जमिन मासिनुका साथै भोर्लेटारको विकास पनि पछाडि धकेलिने उनीहरूको भनाइ छ।यसअघि आवास क्षेत्रमा पर्ने गरी सडक डिभिजनले कायम गरेको ४२ मिटर फराकिलो बाटोलाई छलेर नयाँ ६४ मिटरको सडक कायम गर्न छलकपट भएकाले विरोधमा उत्रिएको संघर्ष समितिले जनाएको छ।

सरकारले बजार क्षेत्रलाई आवास क्षेत्र घोषणा गरेर ३० मिटर कायम गरी सुरुमा नक्सांकन गरेको रुट नै उत्तम भएको स्थानीय रामकृष्ण घिमिरेले बताउनुभयो। नयाँ रुटअन्तर्गतका प्रभावितहरूले संघर्ष समिति नै गठन गरेर नयाँ रुट खोल्न नदिने चेतावनी सहित विरोध र्याली निकालेको प्रभावित संघर्ष समिति भोर्लेटारका अध्यक्ष हरिबहादुर थापाले बताउनुभयो।

उहाँले भन्नुभयो ‘हामी सडक विरोधी होइनौँ, सुरुमा नक्साङकन गरिएको रुटबाटै काम शुरु गरिनुपर्छ भन्ने मात्र हाम्रो माग हो।’ रुट परिवर्तन गर्दा खेतीयोग्य जमिन मासिएर केही परिवारको उठिबास नै हुने उहाँको भनाइ छ।
राष्ट्रिय गौरवको  आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा करिब ४५ किलोमिटर पर्छ। त्यसमा सुन्दरबजार क्षेत्रमा आठ र मध्यनेपालको भोर्लेटारमा एक किलोमिटर गरी जम्मा नौ किलोमिटरमा स्थानीयले अवरोध गरेका कारण सडक निर्माण अझै सुरु हुन सकेको छैन। आयोजनाका अनुसार मध्यपहाडी लोकमार्गको चौडाइ साढे आठ मिटरको दुई लेन हुनेछ।
 आर्थिक वर्ष ०६४÷०६५ बाट शुरु गरिएको मध्यपहाडी लोकमार्ग २४ जिल्ला जोडिएर १ हजार ७ सय ६५ किलोमिटर लामो हुनेछ। त्यसमा करिब एक हजार किलोमिटर पुरानो र चल्तीकै सडक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्