अन्तरिक्ष सहयात्री खोज्दै जापानी अर्बपति



टोक्यो, (एजेन्सी)। 

पानी चर्चित अर्बपति युसाका मेजावा चन्द्रमामा आफूसँगै जाने महिला साथी खोजीमा रहेका छन्। ‘स्पेस एक्स’ कम्पनीमार्फत उनी चन्द्रमामा जान लागेका हुन्। विश्व इतिहासमै पाँच दशकपछि चन्द्रमा जाने ४४ वर्षीय सफल व्यवसायी युसाका पहिलो अन्तरिक्ष पर्यटक हुने भएका छन्।

तर उनले आफूले आफूसँगै चन्द्रमा जानका लागि एक महिला साथीको खोजी गरिरहेको बताएका छन्।सार्वजनिकरूपमै उनले इच्छुक व्यक्तिहरूलाई यसका लागि आवेदन दिन आग्रह गरेका छन्। यस अभियानलाई प्रवद्र्धन गर्न उनले आफ्नो वेबसाइटमार्फत जानकारी दिने गरिरहेका छन्।

उनको यो साथी खोजाईलाई कतै उनले जीवनको सहयात्री नै पो खोजिरहेका छैनन् भनी अडकालबाजी पनि गरिन थालेको छ।
युसाकाकोे अन्तरिक्षमा पुग्ने लामो समय पहिलेदेखि बुनिएको सपना हो।

उनलाई विशेष व्यक्तिसँग विशेष ठाउँमा जान चाहने व्यक्ति भन्दै सन् २०२३ मा चन्द्रमा पठाइने लागेको हो। मेजावाले सहयात्रीका लागि २० वर्षभन्दा माथिका अविवाहित महिला हुनुपर्ने भन्दै मापदण्डसमेत तोकेका छन्।

फेसन सामग्रीका निकै ठूला व्यापारी ४४ वर्षीय उनलाई स्टारसिप रकेटमा राखेर चन्द्रमामा पठाइन लागेको हो। सन् १९७२ पछि चन्द्रमाको सतहमा पाइला टेक्ने उन िपहिलो व्यक्ति हुने छन्। अनलाइनमार्फत अन्तरिक्ष साथी खोजीरहेका उनको हालसालै मात्र २७ वर्षिया गर्लफ्रेन्ड आयामे गोरिकीसँग सम्बन्ध अलग भएको हो।

उनले निकै रोमान्टिक शैलीमा आफ्नो वेवसाइटमार्फत भनेका छन्, ‘ मलाई नियास्रो लाग्न थालेकाले र आफू खाली महसुस हुन थालेकाले कुनै महिलाको प्रेममा परिर हुँ जस्तो लाग्न थालेको छ। म जीवनसाथी खोज्न चाहन्छु।

मेरी भावी जीवनसाथीसँगै बाह्य अन्तरिक्षबाट म हाम्रो माया र विश्व शानितका लागि चिच्याउन चाहन्छु। ’
उनले ‘जीवनको पूर्ण आनन्द लिन चाहने र विश्व शान्ति चाहने महिलाले निवेदन दिन सक्ने’ भन्दै आह्वान गरेका छन्। उनी जापानको सबैभन्दा ठूलो अनलाइन रिटेलर जाजो टाउनका संस्थापक हुन्।

फोब्र्सको सबैभन्दा पछिल्लो अनुमानअनुसार उनीसँग कुल २ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ।सन् २०१७ मा जीन माइकल बास्वाइटको चित्रकलाका लागि उनले १ करोड १५ लाख डलर तिरेका थिए। उनी एक उत्साही कला संग्रहकर्ता पनि हुन्। उनको सहयात्री बन्न आवेदन दिने मिति जनवरी १७ सम्म तोकिएको छ।

र छनोट कार्य जनवरीको अन्त्यसम्ममा शुरू हुनेछ। यसबारे मार्चको उत्तरार्धमा उनले निर्णय लिने बताइएको छ। यसै महिनाको शुरूमा उनले आफ्नो ट्विट सेयर गर्नेमध्ये छानिएका १ सय जनालाई पुरुस्कार स्वरूप कुल ९ लाख २५ हजार डलर दिने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्