पाम तेलमा भारतको रोक, नेपालको व्यापार घाटा अझै बढ्ने



भूपराज बस्याल, काठमाडौं।

पालबाट भारत निर्यात हुँदै आएको पाम आयलमा भारतले प्रतिबन्ध लगाएको छ।भारतले नयाँ कानून बनाएर पाम आयल आयातमा कडाइ शुरू गरेको हो।

यो ब्यबसाय गर्न छुट्टै लाइसेन्स लिनुपर्ने कानून भारतमा लागू भएसँगै अब कुनै पनि भारतका व्यावसायीले यो तेल आयात गर्न तेल रिफाइनर कम्पनी खोल्नुपर्ने छ।

नेपाल वैदेशिक घाटा कम गर्न सबैभन्दा धेरै निर्यात हुने बस्तु पाम आयलको यो प्रतिबन्ध पछि नेपालको ब्यापार घाटा बढ्ने अवस्था आएको हो।

इन्डोनेसिया, मलेसिया र थाइल्याण्ड लगायतका देशबाट ल्याएर भारतमा निर्यात हुने यो तेल अघिल्लो आर्थिक वर्षको एघार महिनामा ३३ करोड रुपियाँ बराबरको पाम आयल निर्यात भएको थियो।

पाम तेलको प्रयोगबाट पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिक लगायतका सामाग्री बनाउन अत्याधिक प्रयोग हुन्छ। नेपाली मिडियाहरूमा पाम आयलकाबारे धेरै समाचारहरू आएपछि छिमेकी राष्ट्र भारतले सिधै आयात गर्न यस्तो निति चालेको हुन सक्ने नेपाल निर्यात परिषदका अध्यक्ष हरि बहादुर कार्कीले बताउनुभयो।

‘हाल नेपालको ब्यापारको नीति चाइनातिर झुकाव भएको हुँदा पनि भारतले यसो गरेको हुनसक्छ।’छिमेकी राष्ट्र भएपनि नेपालको प्रगति खासै सहन नसक्ने हुँदा उसले यस्तो निति चालेको हुन सक्ने उहाँको दाबी छ।

भारतले चालेको यस कदमले नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने भन्दै यसलाई सरकारले कुटनीतिक तहबाटै यथाशीघ्र समाधानको लागि पहल चाल्न परिषदको माग रहेको पनि नेपाल समाचारपत्रसगँ कुरा गर्दै उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्