सिनागा बेलायतकै सबैभन्दा कुख्यात बलात्कारी



लन्डन, (एजेन्सी)।

बेलायतमा १ सय ५९ वा यौन अपराध अभियोग लगाइएका एकजना पुरुष अहिलेसम्मकै सबैभन्दा कुख्यात बलात्कारीको रूपमा पहिचान भएको प्रहरीले जनाएको छ।

३६ वर्षीय इन्डोनेसियाली रेनहार्ड सिनागा ४८ जना पुरुषलाई आफ्नो फ्लायटनजिकका म्यान्चेस्टरका क्लबबाट ४८ जना पुरुषलाई फकाइ फुलाइ आफ्नो कोठामा लगेर लागूऔषध प्रयोग गरी तिनीमाथि यौन दुराचार गरेको अभियोगमा दोषी ठहर भइसकेका छन्।

यौन दुव्र्यवहार गर्ने क्रममा उनले भिडियो पनि खिच्ने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन्। प्रहरीले पुरष तथा महिला दुवैसंग यौन सम्पर्क राख्ने ती पोस्ट ग्राज्युयट सिनागाले कम्तिमा १ सय ९० जनालाई शिकार बनाएको प्रमाण आफूहरुसंग रहेको दाबी गरेको छ।

एकजना न्यायाधीशले उनको अपराधको प्रवृत्तिअनुसार उनलाई आजीवन कारवासलगायत थप ३० वर्ष कैद सँजाय तोकिनुपर्ने बताएका छन्। यसअघि नै उनलाई दुईवटा छुटै अभियोगमा आजीवन कारावास सुनाइएको थियो।

चारवटा छुटाछुटै मुद्दामा उनलाई कूल ४८ जना पीडितमाथि १ सय ३६ वटा बलात्कार , ८ वटा बलात्कार प्रयास, १४ वटा यौन उत्पीडन गरेको अभियोग सावित भएको छ। उनले प्रिन्सेस स्ट्रिटको मोन्टाना हाउसमा रहेको आफ्नो फ्ल्याटमा लगेर पीडितलाई रसायनिक औषधि ख्वाएर बेहोश पारिसकेपछि आफ्नो कुकृत्य पूरा गर्ने गरेको बताइएको छ।

पीडितमध्ये केहीले आत्मग्लानीका कारण आत्महत्यो गर्ने सोचसमेत बनाएको अनुसन्धानबाट खुल्न आएको छ। सिनागाका पिताले अपराधअनुसार आफ्नो छोरालाई सुनाइएको सँजाय उपयुक्त रहेको बताएका छन्।

सिनागालाई सँजाय सुनाउने क्रममा न्यायाधीशले यस्ता व्यक्तिलाई समाजमा कहिल्यै पनि खुल्ला छाड्नु निक ैखतरनाक सावित हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्