विमानभित्रै यौनसम्पर्क गर्न खोज्ने युवतीलाई कैद



लन्डन, (एजेन्सी)।

८ घन्टा लामो उडान दौरान रक्सीले मातिएर विमानभित्रै अन्य यात्रुहरुलाई खुलम खुला यौनसम्पर्क राख्न आमन्त्रण गरेको तथा चालक दलका सदस्यहरु माथि आक्रमण गरेको अभियोगमा एक युवतीलाई कारावास सँजाय सुनाइएको छ।

एतिहास एयरलायन्सको उडानबाट आबुधावीबाट बेलायतको म्यान्चेस्टरतर्फ गइरहेको विमानमा टन्न रेड वाइन पिएर मातिएकी २० वर्षिया डमेी बर्टन नामक ती महिलाले अन्य पुरुष यात्रुहरुसंग यौनकार्यका लागि आग्रह गरेकी थिइन्।

आफूलाई थप रक्सी नदिइएपछि आक्रेसित हुन पुगेकी उनी जथाभावी चिच्याउन थालेकी थिइन्। त्यसपछि उनलाई शान्त गर्न खोज्नेहरुलाई उनले टाउकोले, लात्तले आक्रमण गर्दै टोक्ने खोजेकी थिइन्।

बल्ल चालक दलको छ जना र अन्य यात्रु मिलेर उनलाई नियन्त्रणमा लिइएको थियो।विमान अवतरण गरिना साथ उनलाई प्रहरीले पक्राउ गरेको थियो। अस्ट्रेलियामा तीन महिना बसेर आफ्नो घर फर्कने क्रममा बर्टनले विमानभित्र यस्तो चर्तिकला देखाएकी थिइन्।

उनी आफ्नो परिवारका सदस्यहरुलाई भेट्न अस्ट्रेलिया गएकी थिइन्। पूर्ण रूपमा होशमा फर्केपछि उनले प्रहरीलाई वयान दिने क्रममा विमान यात्रा गर्दा डर लाग्ने गरेकाले रक्सी पिएको बताएकी छिन्।

उनले आफू मात्तिएको स्वीकारेपछि बेलायतको मिनसुल स्ट्रिट क्राउन कोर्टले उनलाई अन्य पाँचवटा अभियोगमा पनि दोषी ठहर गरी छ महिना लामो कारवास सँजाय सुनाएको छ। न्यायाधीश जोह्न एडवार्डसले विषेश गरी लामो दूरीको उडानमा जथाभावी व्यवहार गरी यसरी नीति नियम तोड्नेलाई क्षमा दिन नसकिने बताएका छन्।

गत ९ मेमा भएको सो घटनाको दौरान विमानमा कूल २ सय ५९ व्यक्ति सवार रहेका थिए। क्याविन म्यानेजरलाई ‘कुकुरको छाउरो’ भनी अपशब्द बोल्ने बर्टन पछि आफैं थाकेकी थिइन्।

शुरूमा आफूबाट कुनै गल्ती नभएको दोहराउँद आएकी उनलेपछि आफ्नो प्रतिवादी वकिल मार्टिन क्याललरीमार्फत आफ्नो दुव्र्यवहारका लागि आफू निकै लज्जित भएको बताएकी थिइन्।

उडानका क्रममा विमानभित्र नानाथरिका हंगामा हुने गरेका विभिन्न समाचार समय समयमा अन्तर्राष्ट्रिय चर्चाको विषय हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्