बेलायती राजकुमार ह्यारी दम्पती वरिष्ठ सदस्य परित्याग



लन्डन, (एजेन्सी)।

बेलायतकी महारानी एलिजावेथका नाती राजकुमार ह्यारीले उनी र उनकी पत्नी मेगन मार्कल राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने र आफूलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन काम गर्ने घोषणा गरेका छन्।

ड्युक र डचेस अफ ससेकसको यस घोषणाले बेलायतको राजपरिवारका लागि ठुलो धक्काका रूपमा लिइएको छ। राजकुमार ह्यारी र मेगनले एक बयान जारी गर्दै दुवैजना अब बेलायत र उत्तरी अमेरिकामा आफ्नो समय बिताउने जनाएको छ।

यस घोषणाअघि ती साही दम्पतीले शाही परिवारका कुनै पनि सदस्यसँग कुनै सरसल्लाह नगरेको र उनीहरुको यस फैसलाले शाही परिवार निराश रहेको जनाइएको छ।

यस घोषणाले राजपरिवारका वरिष्ठ सदस्यहरु अत्यन्त दुखी भएका छन्।बुधबार आफ्नो इन्स्टाग्राममा पनि पोस्ट गरिएको एक अप्रत्यासित विज्ञप्तीमा राजकुमार ह्यारीले दुबैले कयौं महिनासम्म विचार विमर्सपछि यो फैसला गरेको उल्लेख गरेका छन्।

‘हामी शाही परिवारका वरिष्ठ सदस्यको हंैसियतबाट हट्न चाहन्छौं र आर्थिक रूपमा स्वतन्त्र हुनका लागि काम गर्न चाहन्छौं। तर योसँगै महारानीलाई हाम्रो समर्थन जारी रहनेछ।’ –विज्ञप्तीमा उल्लेख गरेको छ।

राजकुमार ह्यारीको यो फैसलाको तुलना सन् १९३६ मा एडवर्ड–८ को त्यो फैसलासँग गरेको छ, जसमा उनले दुईपटक सम्बन्ध विच्छेद भइसकेका वेलिस सिम्पसनसँग विवाह गर्न शाही गद्दी त्यागेका थिए।

 

प्रतिक्रिया दिनुहोस्