निर्भया बलात्कार काण्ड : चारै जना दोषीलाई फाँसी दिने समय तय



नयाँदिल्ली (एजेन्सी)।

भारतको राजधानी दिल्लीमा सन् २०१२ डिसेम्बर १६मा भएको निर्भया मामिलाका चारै जना दोषी विरुद्ध डेथ वारेन्ट जारी गरिएको छ। पटियाला हाउस अदालतले फाँसीका लागि जनवरी २२ को विहान सात बजेको समय तय गरेको छ।

यद्यपी उनीहरुले १४ दिन भित्र फांसी विरुद्ध दया याचिका र क्युरेटिव पिटिसन दाखिला गर्न सक्ने छन्। निर्भयाकी आमाले पटियाला हाउस अदालतमा याचिका दायर गर्दै छिटो भन्दा छिटो चार दोषीको डेथ वारेन्ट जारी गर्न माग गरेकी थिइन्।

सामुहिक बलात्कार र हत्याको मामिलामा अदालतले अक्षय, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहले पहिले नै दोषी ठहर्याइसकेको छ।
अदालतले भिडियो कन्फरेसिंगका माध्यमबाट दोषीहरुको बयान सुनेको एक वरिष्ठ पत्रकारले बताए।

यस क्रममा सन्चार माध्यमहरुलाई भिडियो कन्फरेसिंग कक्षबाट जान भनिएको थियो।दोषीहरुका वकिल एपी सिंहले उक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा आफुले क्युरेटिव पिटसन दायर गर्ने बताए।

निर्भयाकी आमा आशा देवीले उनी सता बर्ष देखि दोषीहरुले सजायँ पाएको हेर्न पर्खेर बसेको बताइन्। उनले भनिन्– मेरी छोरीले न्याय पाएकी छन्। चारै जना दोषीले फाँसी पाउनुले देशका महिलालाई शक्ती प्राप्त हुनेछ। यस फैसलाले न्यायपालिका प्रति जनताको विश्वास बलियो हुनेछ।

यसअघि डिसेम्बरमा सर्वोच्च अदालतमा न्यायधिष आर. भानुमतिको अध्यक्षता रहेको तीन सदस्यिय पिठले एक दोषी अक्षय कुमारको पुनर्विचार याचिका खारेज गर्दै भनेका थिए– हामी दोषी प्रमाणित भइसकेका अक्षय कुमारको याचिका खारेज गर्दछौं।

उनको याचिकामा पुन विचार गर्नु पर्ने जस्तो कुनै कुरा छैन। चारैजना अपराधी मुकेश, अक्षय, पवन र विनयले सन् २०१४ मार्चमा दिल्ली उच्च कोर्टका आदेश विरुद्ध सर्वाच्च अदालतको ढोका ढकढक्याउन पुगको थिए।

दिल्ली उच्च अदालतले आफनो आदेशमा ती सबैलाई मृत्युदण्ड दिन स्विकृति दिएको थियो।यसअघि सन् २०१३ सेप्टेम्बर १३ मा सुनवाई अदालतले सबे दोषीलाई मृत्युदण्ड सुनाएको थियो।

सन् २०१२ डिसेम्बर १६ को राती राजधानी दिल्लीमा २३ बर्षकी एक चिकित्साशास्त्रकी छात्रालाई ६ पुरुषले गुडिरहेको बसमा सामुहिक बलात्कार गरेका थिए। चार दोषी बाहेक एक प्रमुख आरोपी राम सिंहले मुद्दाको सुनवाईका क्रममा तिहाड जेलमा आत्महत्या गरेका थिए।

घटनाको बेला नाबालिक प्रमाणित भएका एक अर्को अपराधीलाई सुधारगृह पठाइएको थियो। सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरियो। ती अपराधीको नाम सार्वजनिक गरिएको छैन।

उनलाई सन् २०१३ अगस्टमा ३ बर्ष सुधारगृहमा विताउन सजाय सुनाइएको थियो। ती अपराधी वयस्क भइसकेका छन् तर नियम अनुसार उनको सजायँ पुरा भइसकेको छ। अब उनी एक च्यारिटी संस्थामा छन्, किनभने बाहिर उनको सुरक्षामा खतरा छ।

प्रतिक्रिया दिनुहोस्