माइकल ज्याक्सनविरुद्ध यौन दुव्र्यवहार मुद्दा



न्युयोर्क,(एजेन्सी)।

एउटा वृत्तचित्रमा चर्चित गायक माइकल ज्याक्सनले यौन दुव्र्यवहारगरिएका भनी उल्लेखित दुई व्यत्तिले ज्याक्सनका दुईवटा कम्पनी विरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सक्ने अमेरिकाको एक अदालतले आदेश दिएको छ।

वेड रोब्सन र जेम्स सेफचकले असी दसकको उत्तररार्ध र नब्बे दशकको शूरुतिर माइकल ज्याक्सनको नेभरल्यान्ड रान्चमा रहँदा उनले आफुहरु माथि यौन उत्पीडन गरेको अभियोग लगाएका हुन्।

सन् २००९ मा निधन भएका माइकलका परिवाले भने तिनीहरुको आरेप अस्विकार गर्दै आएको छ। तिनीहरुले ‘ लिभिँग नेभरल्यान्ड ’ नामक सो वृत्तचित्रलाई ‘ सार्वजनिक हत्या ’ को संज्ञा दिएका छन्।

सन् २०१४ मा क्यालिफोर्नियाको प्रचलित कानुन बमोजिम बाल्यकालमा आफुमाथि गरिएको यौन उत्पीडनको आरोप पिडकले आफु २६ वर्ष उमेर पुग्नु अघि नै गरिनुपर्ने भन्दै त्यहााको तल्लो अदालतले यि दुइजनाले माइकल ज्याक्सन विरुद्ध दायर गरेको मुद्धा खारेज गरेको थियो।

तर यहि १ जनवरी देखि लागु भएको नयाँ कानुन अनुसार भने पिडकले चालिस वर्ष पुग्नु अघि सम्म आफुमाथि भएको अन्याय विरुद्ध मुद्धा हाल्न पाउने भएको छ। रोब्सन र सेफचक दुवैले माइकलले आफुहरुलाई सात देखि दस वर्षको उमेर सम्म यौन दुव्र्यवहार गरेको दावी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्