चिसोका कारण बच्चाको मृत्यु



मस्को,(एजेन्सी)।

रुसी अनुसनधानकर्ताहरुले मंगलवार घरको वरन्दामा राखिएका एकजना शिशुको चिसोले जमेर मृत्यु भएपछि उनका मातापिता विरुद्ध अपराधिक अनुसन्धान शुरु गरेका छन्।

सुदु पुर्वी खावारोभ्स्क क्षेत्रमा वग्गीमा राखिएका ति सात महिने बच्चालाई माइनस सात डिग्री सेल्सियस तापक्रममा पाँच घन्टा सम्म एक्लै छाडिएको अनुसन्धानबाट खुल्न आएको छ।

स्थानिय संचार माध्यमले ति बच्चालाई खुल्ला हावा सुताउने उद्देश्यले वरन्दामा राखिएको जनाएको छ। यस दुखद घटना लगत्तै सो क्षेत्रका स्वास्थ मन्त्रालयले स्थानिय वासिन्दालाई बालबालिकालाई एक्लै नछाड्न कडा निर्देशन दिएको थियो।

साथै मन्त्रालयको विज्ञप्तिमा खावारोभ्स्कमा अभिभावकहरुको चरम लापरवाहीको कारण बच्चाहरु नराम्ररी पिडित हुने गरेका विभिन्न खालका घटनाहरु वृद्धि हुँदै गइरहेकोमा चिन्ता पनि व्यक्त गरिएको छ।

रुसी न्युज साइट लेन्ताले प्रारम्भिक अनुसनधानबाट निकोलाएभ्स्क –अन –आमु शहरमा भएको यस घटनामा बच्चाको हाइपोथर्मियाबाट मृत्यु भएको जनाएको छ। लामो समय चिसोमा रहँदा शरिरको भित्री तापक्रम घट्दै जाादा हाइपोथर्मिया हुन्छ। बाल र वृद्धहरुमा यो समस्या निकै खतरनाक हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्