भारतभरि विश्वविद्यालय आक्रमणको विरोध



नयाँदिल्ली,(एजेन्सी) ।

दिल्ली विश्वविद्यालयमा आइतवार लठी बोकेका मुकुन्डोधारी पुरुषहरुबाट भएको आक्रमणको सोमवार भारत भरिका बिद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्। यस घटनामा घाइते भएक जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) का कमितमा द्धालिसजना बिद्यार्थी तथा कर्मचारीलाई अस्पतालमा भर्ना गरिएको छ।

सो आक्रमणको भिडियो फुटेज तत्काल व्हाटस अपमा भाइरल भएको थियो। त्यसपछि यसलाई टेलिभिजनहरुले पनि प्रशारण गर्न थालेपछि आक्रमण विरुद्ध व्यापक जन आक्रोश फैलिएको थियो। राजधानी दिल्ली लगायत चन्डीगढ, बैंगलोर, मुम्वइ र हैदरावाद शहरमा विरोध प्रदर्शन भइरहेको छ।

प्रहरीले यस सम्बन्धमा अनुसान्धान थलिसकेको छ भने केहि आक्रमणकारीको पहिचान समेत भइसकेको दावी गरिएको छ। जवाहरलाल नेहरु विश्वविद्यालयको एल्मुनी रहेका रक्षामन्त्री निर्मला सिथारमण र विदेशमन्त्री एस जयशंकरले यस घटनाको कडा शब्दमा आलोचना गरेका छन्।

उत्तरी शहर चण्डीगढको पंजाव विश्वविद्यालयका विद्यार्थीहरुले सरकारी निकायले यस आक्रमण विरुद्ध समयम ैकदम नउठाएको आरोप लगाएका छन्।

चण्डीगढ स्थित प्रदर्शकारीहरु मध्ये एक कानुप्रियाले विविसि पंजावीलाई बताएकीछन, ‘ महिनौंदेखि जेएनयुमा छात्रावासको शुल्क वृद्धिलाई लिएर विरोध प्रदर्शन हुँद ैआएके थियो।

त्यसैक्रममा धेरैलाई पक्रेर जेल चलान समेत गरिएको थियो। तर अहिलेको आक्रमणलाई लिएर प्रहरी मौन बसेको छ। यसले घटनाको जिम्मेवार को भन्ने देखिन्छ। ’ यस आक्रमणको कारण अझै स्पष्ट हुन सकेको छैन।

जेएनयु बिद्यार्थी युनियनले यस घटनाका लागि भारतको सत्तारुढ भारतिय जनता पार्टी ( बिजेपि ) संग आवद्ध दक्षिणपन्थि राष्ट्रवादी समुह अखिल भारतिय विद्यार्थी परिषद ( एबिभिपि ) को यस हिँसात्मघ घटनामा संलग्नता रहेको आरोप लगाएको छ।

तर एबिभिपिका अध्यक्ष दुर्गेश कुमारले भने आफ्नै समुहका थुप्रै सदस्य नराम्ररी घाइते भएके स्पष्ट पारेका छन्। उनले वामपन्थिी समुहले विशवाविद्यालयको छवि बिगार्न खोजिरहेको तथा तिनीहरुले विश्वविद्यालयलाई नक्सल (माओवादी लडाकु) हरुको शिविर बनाउन खोजिरहेको विविसि हिन्दीलाई बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्