डुङ्गा पल्टिदाँ एकको मृत्यु



सोल ।  दक्षिण कोरियाको दक्षिणी रिर्सोट द्वीप जेजुनजिकै माछा मार्ने एक पानी जहाज दुर्घटना हुदाँ एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार सोमबार १२ः४८ बजे बिहान सो दुर्घटना भएको थियो ।

यस दुर्घटनाबाट तेह्र व्यक्तिलाई भने उद्धार गरिएको छ । उद्धार गरी अस्पताल पु¥याइएको एक व्यक्तिको भने मृत्यु भएको जनाइएको छ । दुर्घटनाको वास्तविक कारण अनुसन्धानमा रहेको बताइएको छ । सिन्हवा

प्रतिक्रिया दिनुहोस्