नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि



काठमाडौं, (नेस)।

यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। आइतबार नेप्से परिसूचक १६ दशमलव शून्य ९ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ३१ अंकमा कायम भएको छ।

नेप्सेको यो बिन्दु पछिल्लो ४ महिनायताकै सबैभन्दा बढी हो। गत भदौ १९ गते नेप्से १ हजार १ सय ९१ दशमलव शून्य ७ अंकमा पुगेको थियो। त्यसपछि नेप्सेले कायम गरेको यो नै उच्चतम बिन्दु हो। आइतबार १ सय ७३ वटा कम्पनीको २० लाख ८२ हजार ७ सय १८ कित्ता सेयर ९ हजार २ सय ९५ पटक खरिदबिक्री हँुदा ७१ करोड २३ लाख ५७ हजार रुपियाँ बराबरको कारोबार भएको छ।

यस दिन १२ वटै समुहको उपसूचक हरियो देखिएको छ भने सबैभन्दा धेरै जीवन बीमा समुहको उपसुचक ८३ दशमलव ८६ अंकले बढेको छ। कारोबार रकमका आधारमा शिवम सिमेन्टको सबैभन्दा धेरै ५ करोड ६२ लाख २७ हजार रुपियाँ बराबरको कारोबार भएको छ।

आइतबार सबैभन्दा धेरै वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन्। यसदिन सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ता छन्। फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ६३ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्