पेरिसमा छुरा आतंक



पेरिस,(एजेनसी)।

फ्रान्सको राजधानी पेरिसमा भएको छुरा आक्रमणमा एकजना मानिसको ज्यान जानुका साथै अनय दुईजना घाइते भएके प्रहरीले शुक्रवार जनाएको छ। यस आक्रमणको दौरान प्रहरीले आक्रमणकारीको गोली हानेर हत्या गरेको स्थानिय संचार माध्यमले जनाएको छ।

एकजना २२ वर्षिय युवकले पेरिसदेखि करिव आठ किलोमिटर दक्षिणमा पर्ने भिल्लेजुइफ स्थित एउटा पार्कमा बटुवाहरु माथि अचानक जथाभावी छुरा प्रहार गरेका थिए।

प्रारमिभक अनुसनधानबाट ति नाथन सि नामक व्यक्ति मानसिक रोगी भएको र उनलाई विगतमा मानसिक अस्पतालमा भर्ना समेत गरिएको पत्ता लागेको छ।

फ्रेन्च समाचार निकार्यले प्रत्यक्षदर्शीहरुलाई हवाला दिँदै उनले आक्रमण्कोबेला ‘आफुसंग औषधि ससिएको ’ भन्दै चिचयएको जनाएको छ।

सुरक्षा अधिकारीहरुले उनको झोलाबाट केहि धार्मिक विषयका पूसत्क फेला परेको तर उनी अतिवादी हुन् भन्ने कुनै प्रमाण् फेला नपरेको स्पष्ट पारेका छन्। फ्रान्समा यस अघि पनि पटक पटक सार्वजनिक स्थलहरुमा आतंककारी हमलाहरु हेने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्