मारिने इरानी कमान्डर आतंककारी : ट्रम्प



वासिंगटन,(एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको प्रमुख सैनिक कमानडर कासेम सोलेमानीलाई कुनै युद्ध शुरू गर्न नभई युद्ध अन्त्यका लागि मारेको बताएका छन्।

उनले इराकको बग्दाद विमानस्थलमा भएको आक्रमणमा सोलेमानी मारिएपछि उनको आतंकको शासनको पनि अन्तय भएको बताएका छन्।सोलेमानीले इरानको मध्यपुर्वी अभियानको नेतृत्व कुदस फौजको प्रमुखको हैसियतले गदै आएका थिए।

यता इरानले यस हत्याकाण्डमा संलग्न सबैसंग बदला लिने प्रतिवद्धता जनाइसकेको छ। यस घटनाको कारण अमेरिका इरनबिच ठूलै तनाव चर्किने संकेत मिलेको छ। अमेरिकाले सुरक्षा सतर्कताको हिसाबले थप तीन हजार अमेरिकी फौजलाई मध्यु पूर्व तर्फ पठाइने औपचारिक घोषणा गरिसकेको छ।

इराकको सरकारी टेलिभिजनले शनिवार सोलेमानीको हत्या भएके २४ घन्टापछि मुलुकमा अर्को हवाई हमला भएको पुष्टि गरेको छ। एउटा इराकी सैनिक सुत्रले पछिल्लो आत्रमणमा छ जना मानिस मारिएको दावी गरेको छ।

बिहान सवेरै इराकी छापामारहरु चढेका सवारी साधनहरु माथि लक्षित गरी सो हवाई आक्रमण भएके थियो। अमेरिकाको फ्लोरिडा स्थित आफ्नो मार – ए – लागो रिसोर्टमा आयोजित पत्रकार सममेलनमा ट्रम्पले अमेरिकी सेनाले विश्वको जुनसुकै स्थानमा भएपति ति कुख्यात नम्वर वन आतंककारीको हत्या गर्ने सफल अयिान कार्यानवयन गरेको बताएका छन्।

साथै ट्रम्पले लामो समय देखि सोलेमानीले अमेरिकी कुटनीतिज्ञ र सैनिक अधिकारीहरु माथि आक्रमणका षडयन्त्र रच्दै आएको पनि दावी गरेका छन्।

एउटा औपचारिक विज्ञप्ति जारी गर्दै इरानी सर्वोचच नेता अयातोल्लाह अलि खामेनीले सोलेमानीको मृत्युबबाट उनको पथ वा अभियान नसकिएके तथा उनी लगायत मारिने शदिहरुको एक एक थोपा रगतको अपराधिहरुसंग शक्तिशाली बदला लिइने बताएका छन्।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई लेखिएको एक पत्रमा इरानी विशेष दुत माजिद ताख्त राभान्चीले तहरानसंग अन्तर्राष्ट्रिय कानुन अनुसार प्रतिरक्षाको अधिकार रहेको उल्लेख गरेका छन्।

आणविक विकास कार्यक्रमलाई लिएर अमेरिकाकै विशेष पहलामा राष्ट्र संघले लामो समय देखि इरानमाथि आर्थिक नाकावन्दि लगाउादै आएके थियो।

 

प्रतिक्रिया दिनुहोस्