ताइवानमा सैनिक हेलिकोप्टर दुर्घटना आठ जनाको मृत्यु



ताइपेई, (एजेन्सी)।

ताइवानको पहाडी भेगमा आपत्कालीन अवतरण गर्ने क्रममा एउटा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु हुनेमा ताइवानको आठजना उच्च पदस्थ सैनिक अधिकारी रहेको बिहीबार सरकारी अधिकारीहरुले बताएका छन्।

जनरल सेन यी मिंग र अन्य १२ जना सवार सो ब्ल्याक हक हेलिकोप्टर राजधानी ताइपेई नजिक खराब मौसमका कारण आपत्कालीन अवतरण गराउनुपरेको थियो।

प्रारम्भिक प्रतिवेदनले केही मानिस जीवितै रहेको तथा तिनीहरु हेलिकोप्टरको भग्नावशेषमा फसिरहेको जनाएको थियो। जनरल सो हेलिकप्टरबाट ताइवानको उत्तर पूर्वी भागमा अवस्थित एउटा सैनिक अखडातर्फ जाँदै थिए।

ताइवानको वायु सेनाले दुर्घटनालगत्तै वुलाई तोंगोय क्रिक नजिकको दुर्घटना स्थलमा करिब ८० जना सैनिकसहित थप दुईवटा ब्ल्याक हक हेलिकोप्टर पठाएको आधिकारिक सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ।

स्थानीय समयअनुसार बिहान ७ बजेर ४५ मिनेट जाँदा ताइपेईस्थित सोंगसान वायु सैनिक अखडाबाट यिलान काउन्टिको दोंगाओस्थित सैनिक शिविरको अनुगमनका लागि सो हेलिकोप्टर उडेको फोकस ताइवानले जनाएको छ।

रक्षा मन्त्रालयले ८ बजेर २२ मिनेटमा उड्यन निकायको कन्ट्रोल टावरसंग सम्पर्कविहीन हुन पुगेको सो हेलिकोप्टरले आपत्कालीन अवतरण प्रयास गरेको रक्षा मन्त्रालयले जनाएको छ। सन् २०१० मा संयुक्त राज्य अमेरिकाले ताइवानलाई ६० वटा युएच– ६० एम ब्ल्याक हक हेलिकोप्टर बिक्री गरेको थियो।

तर बिहीबार दुर्घटनामा परेको हेलिकोप्टर तिनीहरुमध्ये एक हो कि होइन यकिन हुन सकेको छैन।यही ११ जनवरीमा हुन गइरहेको राष्ट्रपतीय चुनावमा पुनः कार्यकालमा फर्किने अनुमान गरिएका ताइवानी राष्ट्रपति साई इंग–वेनले यस दुखद् घटनाका कारण बिहीबार प्रचारप्रसार कार्यक्रम रोकेका छन्।डे

मोक्रेटिक प्रोग्रेसिभ पार्टी कासाइले चीनसँग निकट सम्बन्ध राख्ने कुमिन्ताङ पार्टीका हान कुओ यु विरुद्ध चुनाव लड्न लागेका हुन्। सन् १९४९ मा चीनको गृहयुद्ध समाप्त भए यता ताइवानमा छुट्टै शासन व्यवस्था शुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्