नागरिकता संशोधन कानुन प्रकरण : भारत सीमामा मोबाइल नेटवर्क बन्द गर्न बंगलादेशको आदेश



ढाका, (एजेन्सी)।

बंगलादेश सरकारले भारतसँगको सीमा इलाकामा एक किलोमिटरको दायरामा मोबाइल नेटवर्क बन्द गर्न आदेश दिएको छ। यसले सीमा इलाकामा मोबाइलमा इन्टरनेट सेवा बन्द हुनेछ।

बंगलादेशको टेलिकम विभाग बीटीआरसीका तर्फबाट आइतबार देशका चार मोबाइल फोन अपरेटर्सलाई एक पत्र पठाइएको थियो।जसमा उनीहरुलाई अर्को आदेश नआएसम्मका लागि सीमा क्षेत्रमा मोबाइल नेटवर्क बन्द राख्न भनिएको छ।

यद्यपि हुलाक तथा टेलिकम मन्त्री मुस्तफा जब्बरले उनको मन्त्रालयका तर्फबाट त्यस्तो कुनै निर्देशन नदिएको बताएका छन्। उनले भने– ‘यो फैसला सरकारले लिएको हो। सरकारले बीटीआरसीलाई निर्देशन दिएको हो।

बीटीआरसीलाई के निर्देशन दिएको हो त्यो बीटीआरसीले नै बताउन सक्छ।बीटीआरसीका अध्यक्ष जहुरुल हकले उक्त पत्र पठाइएको समाचारलाई पुष्टि गरेका छन्।

उनले भने – ‘(यो फैसला उच्च अधिकारीहरुले लिएको हो। भारतमा केही असन्तोषको स्थिति छ। सम्भवतः त्यसैलाई ध्यानमा राखी सरकार नियन्त्रणको प्रयास गरिरहेको छ।

तर हामीले अलिहेसम्म केही गरेको छैन। के गर्न सकिन्छ त्यसमा विचार गरिरहेको छु।भारतको नागरिकता सूचीलाई लिएर कुनै असन्तोष नहोस, कुनै दुष्प्रचार वा हल्ला फैलाउन नसकोस, त्यसका लागि सरकारले तत्परता देखाएको अध्यक्ष हकले बताए। सीमामा भ्रामक प्रचारको प्रयास भइरहेको सन्दर्भमा सरकारलाई केही जानकारी हुनसक्ने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्