महाथिरको टिप्पणीका बाबजुद दुई देशबीचको सम्बन्ध राम्रो : मलेसिया



क्लालाम्पुर, (एजेन्सी)।

मलेसियाका विदेश मन्त्री दतुक सैफुद्दिन अब्दुल्लाले प्रधानमन्त्री महाथिर मोहम्मदको टिप्पणीबाट उत्पन्न विवादका बाबजुद भारतसँग राम्रो सम्बन्ध रहेको बताएका छन्।भारतका तर्फबाट मलेसियाली उच्चायुक्तलाई बोलाइनु एक सामान्य राजनीतिक प्रक्रियाको हिस्सा भएको अब्दुल्लाले बताए।

भारतका प्रधानमन्त्रीले महाथिरको टिप्पणीमा स्पष्टीकरण चाहेको उनले जानकारी दिए।मलेसियाली प्रधानमन्त्री महाथिरले डिसेम्बर २० मा भारतको नागरिकता संशोधन कानुनमा टिप्पणी गर्दै नयाँ व्यवस्था मुसलमान विरोधी भएको बताएका थिए।

अब्दुल्लाले भने– ‘उच्चायुक्तलाई बोलाउनु सामान्य कुरा हो। जब कुनै देश कुनै आयोजना वा टिप्पणीबाट असन्तुष्ट हुन्छ, त्यो देशले उच्चायुक्तलाई बोलाएर स्पष्टिकरण माग्छ। हाम्रो उच्चायुक्त दतुक हिदायत हामिदले यो मामिलामा स्पष्ट रूपमा आफ्नो कुरा राखेका छन्।’

मलेसियाका विदेश मन्त्रीले भने– ‘दुई देशबीच सबै कुरा ठीक छ। कुनै पनि त्यस्तो मुद्दा छैन, जसले सम्बन्धमा तितोपना ल्याओस्। हाम्रो धारणा स्पष्ट छ। हामी सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं।

ऊ कुनै पनि पृष्ठभूमि र विचारधारको किन नहोस्। हामी कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं। तर जब मुद्दा लोकतन्त्र, मानवअधिकार र कानुनको हुन्छ, त्यतिबेला आफ्नो राय राखिन्छ।

नागरिकता संशोधन कानुनको विरोध र समर्थनमा देशव्यापी प्रदर्शन भइरहेको छ। यसैबीच महाथिरको टिप्पणी आएको थियो। अब्दुलाले भने– ‘सबै देश कुनै विशेष मुद्दामा आफ्नो धारणा राख्छ।

त्यसैले एवं वा दुई राजनीतिक बयान असहमतिका कारण हुन सक्छ तर यसले समस्त द्विपक्षीय सम्बन्ध अन्त्य हुँदैन।रोहिंग्या समुदायको मुद्दामा आफ्नो नीति स्पष्ट रहेको तर म्यान्मारसँग मलेसियाको द्विपक्षीय सम्बन्ध सामान्य रहेको उनले बताए।

राजनीतिक मुद्दाको यी मामिलामा कुनै प्रभाव नभएको उनले थपे।मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले भारतको नागरिकता संशोधन कानुनलाई दुखद् र मुलसलामा प्रति भेद्भावपूर्ण भएको बताएका थिए।

महाथिरको टिप्पणीलाई लिएर मलेसियाली प्रधानमन्त्रीले उक्त कानुनलाई बिना सही गलत नबुझी टिप्पणी गरेको भारतले आरोप लगाएको थियो।

भारतका संसदले हालै मात्र पारित गरेको नयाँ कानुनमा छिमेकी देश पाकिस्तान, बंगलादेश र अफगानिस्तानमा धार्मिक रूपमा प्रताडित अल्पसंख्यकलाई भारतको नागरिकता दिने प्रावधान रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्