प्रेमिकाद्वारा प्रधानमन्त्रीलाई मोटरबाइक उपहार



न्युज अफ नेपाल, काठमाडौँ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई उनकी प्रेमिका केरी साइमोन्डसले सेकेन्ड ह्यान्ड मोटरबाइक उपहार दिएकी छन् ।

साइमोन्डसले क्रिसमसको अवसर पारेर जोनसनलाई ३१ वर्ष पुरानो यामाहाको टिटी-आर १२५ मोटरबाइक उपहार दिएकी हुन् । उक्त बाइकको मूल्य एक हजार पाउन्ड पर्ने जनाइएको छ ।

जोनसन विदेश मन्त्री हुनुअघि साइकल चढ्ने गर्थे । तर, सुरक्षाको कारण उनलाई साइकल चढ्न प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्