अवैध धन्धा गर्ने चिनका क्रिस्चियन पादरी नौ वर्ष जेल



काठमाडौँ ।

चिनको एक अदालतले अनधिकृत प्रोटेस्टेन्ट चर्चका पादरीलाई नौ वर्षको कारावास सजाय दिएको छ ।

ती पादरी अहिले जेलमा छन् र उनीविरुद्ध राज्यविरोधी काम गरेको आरोप छ ।

चीनको दक्षिण–पश्चिममा रहेको छङ्दु शहरको अदालतले पादरी वाङ यीलाई अवैध धन्धा गरेकोमा पनि दोषी ठहर गरेको छ ।

पोहोर साल सरकारले वाङ यीको अर्ली रेन कोभनेन्ट चर्चमाथि पनि कारवाही गरेको थियो । अधिकारीहरूले छापा मारेर डिसेम्बर २०१८ मा वाङलाई हिरासतमा लिएका थिए । त्यसक्रममा उनको भूमिगत चर्चका अनेकौं सदस्य बेपत्ता भएका थिए ।

चीनको भौतिकवादी सरकारले आफ्नो नियन्त्रण बाहिरको कुनै पनि संगठनको गतिविधिलाई निगरानी गर्ने गरेको छ ।

चीनका क्रिस्चियनहरू अनधिकृत चर्च र सरकारबाट मान्यताप्राप्त चर्चमा बाँडिएका छन् । सरकारी मान्यताप्राप्त चर्चमा कम्युनिस्ट पार्टीका गीत पनि बजाइन्छन् । अर्ली रेन कोभनेन्ट चर्च चाहिँ अनधिकृत चर्च हो र चीन सरकारले सन् २०१८ मा चलाएको कारवाहीमा त्यसलाई बन्द गरेको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्