फिल्म : छक्का पञ्जा–३ (कथा, पटकथा र संवादमा समेत)
यस वर्षको अधिकांश अवार्ड समारोहमा छक्का पञ्जा–३ ले नै अवार्ड जितिरहेको छ। व्यावसायिक समीक्षकको हिसाबले पनि छक्का पञ्जा–३ राम्रो फिल्म हो। तर, कसले अवार्ड जित्छ भन्ने आइडिया भएन।
कथाको कुरा गर्नुपर्दा जुन फिल्मले समाज परिवर्तनको कथा बोकेको छ, जुन सच्चाइमा आधारित कथा छ, त्यही फिल्मले सर्वोत्कृष्ट कथाको अवार्ड जित्नुपर्छ। संवादको कुरा गर्दा छक्का पञ्जा–३ पटकथाको फिल्म हो।
हामीले गर्व गर्ने नै पटकथामा हो र छक्का पञ्जाले पटकथाकै कारण सर्वाधिक व्यापार गरेको हो। तर, म अवार्डमा सहभागी नहुने कारणले गर्दा मैले पाउनुपर्छचाहिँ भन्दिनँ।संवाद विधाको कुरा गर्दा जुन फिल्मको संवाद राम्रो छ र फिल्मलाई होल्ड गरेर राख्छ, त्यही फिल्मले पाउनुपर्छ। मनोनयनमा परेका सबै फिल्मलाई शुभकामना।
कन्टेन्टवाइज डमरुको डण्डीबियो टिपिकल फिल्म हो। यस्तो फिल्म बनाउन गाह्रै हुन्छ।
यो मैले रिक्स लिएर नै मौलिक फिल्म बनाएको हुँ। यस्तो फिल्मले अवार्ड पाउनुपर्छ जस्तो लाग्छ र पाउँछ पनि होला।
सर्वोत्कृष्ट फिल्मको अवार्ड मेरै फिल्मले जित्छ नि ! कमर्सियल र कन्टेन्टवाइज हेर्ने हो भने प्रसादले नै अवार्ड जित्छ।
अडियन्सबाट पनि राम्रो रेस्पोन्स पाएको फिल्म भएकाले प्रसादले नै अवार्ड जित्छ भनेर ढुक्क भएर बसेको छु।
विधा : सर्वोत्कृष्ट अभिनेता
निखिल दाइले जित्नुहुन्छ कि
म त भन्नै सक्दिनँ। किनभने सबै जनाले उत्तिकै राम्रो काम गर्नुभएको छ। अनुमान गर्दाचाहिँ निखिल दाइले जित्नुहुन्छ कि जस्तो लाग्छ।
किनभने उहाँ हामीभन्दा सिनियर र धेरै राम्रा फिल्ममा काम गरिसकेको अभिनेता हुनुहुन्छ।
पहिलोपटक अभिनेताको विधामा नोमिनेसनमा परेको छु। निखिल दाइ, विपीन दाइहरूको साथ नोमिनेसनमा परेकोमै खुसी छु।
पोलिटिकल्ली भन्दाचाहिँ सुहाना थापाले नै अवार्ड जित्नुहुन्छ भन्छु। किनभने ए मेरो हजुर–३ ले राम्रो व्यापार गरेको थियो र योभन्दा अघिका अवार्डहरू सुहानाले पाइरहेको पनि छ।
तर, मेरो आफ्नो बारेमा भन्नुपर्दा जानी नजानी फिल्म असफल भयो होला, तर मेरो काम असफल भएको छैन। जति जनाले मेरो फिल्म हेर्नुभयो, उहाँहरू सबैले मेरो कामको तारिफ गर्नुभएको थियो।
मैले सबैको फिल्म हेरेको छैन। किनभने अरू फिल्म रिलिज हुने बेलामा म यात्राको प्रमोसनमा व्यस्त थिएँ। फिल्मको गीतहरू हेर्दा सबैको काम राम्रो लागेको थियो।
यस कारण जज गर्न सकिनँ। मेरो फिल्म हेर्नेहरूको फिडब्याक भने राम्रो पाएको थिएँ। पहिलो फिल्ममा यतिको काम गर्नु भनेको निकै राम्रो हो भन्नुभएको थियो।
सबै फिल्म हेर्न नपाए पनि गीत, ट्रेलर आदि हेर्दा सबै जनाले एकदमै राम्रो काम गर्नुभएको छ जस्तो लाग्छ। सबै अवार्डको हकदार भएकाले यसैले जित्छचाहिँ भन्न सक्दिनँ। जसले जिते पनि खुसी नै हुन्छु।
यो प्रश्न इन्टेस्टिङ छ। तर, अवार्ड कसले जित्छ भन्ने निर्णय म गर्न सक्दिनँ। मैले कुनै पनि नोमिनिजको फिल्म हेरेको छैन।
तर, हामी सबै जनाले आफ्नो जीवनको महत्वपूर्ण समय यो क्षेत्रमा कन्ट्रिब्युट गरेका छौं। यस कारण अवार्डका लागि सबै योग्य छौं। हरे कृष्ण।