एक महिनामा २२ सय पराकम्प


तिराना । अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन् ।

गत नोभेम्बर २६ तारिखका दिन ६।४ म्याग्नीच्युडको भूकम्प आएको थियो । त्यसपछिको एक महिनाको अवधिमा २२ सय भन्दा बढी पराकम्प आएको बताइएको छ ।

उक्त पराकम्पहरुको मापन भूगर्भ कार्यालयले गरेको अल्बानियाका भूकम्प विज्ञ रेक्सहेप कोसीले स्थानीय सञ्चार माध्यमलाई बिहीबार बताउनु भएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि स्थिरता नभएको र स्थानीयवासिन्दा त्रसित नै रहेका अधिकारीहरुले जनाएका छन् । एक महिना अगाडी आएको भूकम्पमा परी ५१ जनाको मृत्यु हुनुको साथै अरु हजारौँ घरहरु भत्किएका थिए । सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।