कृष्णनगरमा भीषण आगलागी, ४० को उद्दार


नयाँ दिल्ली । भारतको केन्द्रिय राजधानी दिल्लीमा फेरी अर्को आगलागीको घटना भएको छ ।

केहीदिनदेखि भइरहेका आगलागीका घटना मध्ये बिहीबार भएको पछिल्लो घटनामा परेका ४० जनालाई जिवितै उद्धार गरिएको छ ।

नयाँ दिल्लीमा अवस्थित अग्नीनियन्त्रण विभागका उद्धारकर्ताहरुले कृष्णनगरमा रहेको एउटा भवनमा भएको आगलागीमा परेकाहरुलाई जिवितै उद्धार गरेका हुन् । बिहीबार राती करिब २ बजेतिर उक्त आगलागी भएको बताइएको छ ।

घटनालगत्तै उद्धारकर्ताहरु घटनास्थलमा पुगेकाले मानवीय क्षति भने नभएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । एएनआई

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।