मनोनयमा परेका कलाकारको नजरमा कसले जित्छ अवार्ड !



विधा : सर्वोत्कृष्ट
पाश्र्व गायिका

 

भन्न सक्दिनँ
मेलिना राई

फिल्म : यात्रको डुली डुली, नाइँ नभन्नु ल–५ को तिम्रो आँखा र भैरेको सान्नानीलाई यसपालि तीन ओटा गीतबाट नोमिनेसनमा परेको रहेछु।

सबै गीत दर्शकले रुचाएका गीत हुन्। त्यही कारण नै नोमिनेसनमा परेको होला। अञ्जु पन्त दीदीको गीत पनि मलाई असाध्यै मन पर्छ, राम्रो छ। यस कारण कसले अवार्ड जित्छ भन्न सक्दिनँ।

अवार्ड जित्ने 
पब्लिसिटीमा भर पर्छ
अञ्जु पन्त

फिल्म भिलेनको झ्यानाकुटी झ््याइँ र बाँध मायालेको सँगै सँगैअवार्ड जित्ने कुरा पब्लिसिटीमा पनि भर पर्छ र जुरीको हेर्ने तरिकामा पनि भर पर्छ। यसपटक म र मेलिना बहिनी गरी दुई जना मात्र मनोनयनमा भएको कारण हामीमध्ये एकले जित्ने हो।

मेलिना बहिनीको राम्रो–राम्रो गीत आइरहेको छ। यसरी बहिनीहरूको प्रगति भएको देख्दा खुसी लाग्छ। मेलिना बहिनीजस्तै हो। उसले जिते पनि खुसी नै हुन्छु। तर, अवार्ड निष्पक्ष होस् भन्ने चाहन्छु।

विधा : सर्वोत्कृष्ट
नृत्य निर्देशक

कवि दाइले जित्नुहुन्छ
प्रवीण सिंह
फिल्म : ए मेरो हजुर–३ को परान परान म आफैंले भन्नुभन्दा पनि जुरीले गर्ने डिसिजन हो।कोरियोग्राफीवाइज कसको काम राम्रो छ, त्यहीअनुसार नै अवार्ड दिने हो।कविराज दाइको चारवटा गीत परेको छ भनेपछि अभियस्ली कवि दाइले नै जित्नुहुन्छ होला।
दुईमध्ये एकबाट जित्छु
कविराज गहतराज

फिल्म भैरेको सन्नानीलाई, छक्का पञ्जा–३ को पहिलो नम्बरमा, नाइँ नभन्नु ल–५ को तिम्रो आँखैमा र रामकहानीको तिम्रो लागि
चारवटा गीतबाट नोमिनेसनमा परेको छु। एउटाबाट त पक्कै जित्छु जस्तो लाग्छ।
यसभन्दा अघिका दुई अवार्डमध्ये एउटामा फिल्म भैरेको सान्नानीलाई बोलको गीतबाट र एउटामा रामकहानीको तिम्रो लागि बोलको गीतबाट अवार्ड जितेका कारण यही दुईमध्ये एकबाट जित्छु जस्तो लाग्छ।
विधा : सर्वोत्कृष्ट

द्वन्द्व निर्देशक

 

चन्द्रले जित्नुपर्ने हो

सूर्य थोक्कर

फिल्म : भैरे 
मेरो विचारमा त फिल्म रणवीरबाट चन्द्र पन्तले अवार्ड जित्नुपर्ने हो। किनभने फिल्मको हिसाबले कुरा गर्दा रणवीर एक्सन फिल्म हो।
यसमा चन्द्रको राम्रो काम छ। तर पनि जुरीको हेर्ने दृष्टिकोणमा भर पर्छ। जुरीलाई कसको काम मन पर्छ हेरौं।
जुरीको च्वाइस
शुक्रराज शाह

फिल्म : भिलेन 
अवार्ड भनेको जुरीले काम हेरेर दिने कुरा हो अन्दाजी भन्न सकिँदैन। फिल्म यात्राको द्वन्द्व पनि राम्रो लागेको छ। अवार्ड जसलाई दिए पनि जुरीको च्वाइस नै सर्वमान्य छ।
जसले पाए पनि फरक पर्दैन
चन्द्र पन्त 
फिल्म : रणवीर
अवार्ड जसले पाउँदा नि फरक पर्दैन। किनभने सबैले आफ्नो बेस्ट काम गरेका छन्। अनि जुरी मेम्बरले आफ्नो एक्सिलेन्ट जजमेन्ट दिनुहुन्छ भन्ने कुरामा म ढुक्क छु। सबैलाई अग्रिम शुभकामना।
अवार्ड त हिमाल केसीले नै जित्छ 
हिमाल केसी

फिल्म : यात्रा
अवार्ड त हिमाल केसीले नै जित्छ नि हा… हा… हा…। सबैलाई आफ्नो काम राम्रो लाग्छ। तर, अन्तिम निर्णय जुरीको हो।
अब्बल काम हेरेर अवार्ड दिनुहुनेछ भन्ने लाग्छ। आफ्नो काममा सबैले मेहनत गरेको हुन्छ। मैले पनि आफ्नो काममा निकै मेहनत गरेको छु र अवार्ड जित्नेमा कन्फिडेन्स पनि छ।
जसलाई दिए पनि खुसी
रोशन श्रेष्ठ

फिल्म : बाँध मायाले
अवार्ड पाउनुभनेको भनेको गौरवको कुरा हो। तर, कथा सुहाउँदो द्वन्द्व भयो र उक्त फिल्मलाई दर्शकले मन पराउनुभयो भने त्यही नै हाम्रो लागि अवार्डसरह हो।स्टेजमा गएर ट्रफी उचाल्नुभन्दा पनि हामीलाई निर्माताले फिल्म गर्दा सम्झिएर काम दिइरहनुभयो र भात खान पायौं भने त्यही नै अवार्ड हो। नोमिनेसनमा पर्ने सबैको काम राम्रो छ। जुरीले जसलाई अवार्ड दिए पनि खुसी छु।द
विधा : सर्वोत्कृष्ट छायांकन 
प्रसादको छायांकन आर्टिस्टिक छ
रविन आचार्य र अनुश्क रौनियार

फिल्म : चक्कर

कामना अवार्डमा नोमिनेसनमा पर्नु नै खुसीको कुरा हो। नोमिनेसनमा पर्ने पुरुषोत्तम प्रधान, राजेश श्रेष्ठलगायत दाइहरू नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि कार्यरत हुनुहुन्छ।सबैको काम राम्रो छ। मनोनयनमा परेका अन्य फिल्ममा अहिले चलेको ट्रेन्डअनुसार क्यामराको प्रयोग गरिएको काम वेल फिनिस्ड छ।

हाम्रो फिल्मचाहिँ लो बजेटमा बनाइएको छ भने मल्टिपल कलर युज गरेर डिरेक्टरको भिजन र स्क्रिप्टअनुसार अन्य फिल्मभन्दा फरक तरिकाले छायांकन गरिएको छ। पर्सनल्ली फिल्म प्रसादको छायांकन आर्टिस्टिक लागेको छ।
जुरीको मुडमा भर पर्छ 
पुरुषोत्तम प्रधान

फिल्म : नाइँ नभन्नु ल–५

सिनेम्याटोग्राफीको हिसाबमा त अवार्ड जित्न पर्ने मैले नै हो जस्तो लाग्छ।इलाममा खिचिएको नाइँ नभन्नु ल–५ को छायांकनको एकदमै प्रशंसा भयो। तर, जुरीहरूको मुडमा भरपर्छ।

जुरीको दृष्टिकोण र हाम्रो दृष्टिकोणमा एकदमै फरक पर्छ। त्यस कारणले गर्दा जसले जिते पनि ठीक छ। मैले जितिनँ भने प्रसादबाट राजेशको सम्भावना बढी छ।

पुरुषोत्तम प्रधानले पाउनुहुन्छ
मदन कश्यप घिमिरे
फिल्म : भिलेन (सौरभ लामाका साथ संयुक्तरूपमा)
मेरो विचारमा यो विधाको अवार्ड नाइँ नभन्नु ल–५ बाट पुरुषोत्तम प्रधानले पाउनुहुन्छ। किनभने उक्त फिल्ममा उहाँको लगन र मेहनत निकै राम्रो छ। मेरो कामको कुरा गर्ने हो भने मैले राम्रोसँग आफ्नो काम देखाउन पाएको छैन।सुटिङ सकाउँ भन्ने हिसाबले काम गर्नुपरेको थियो। त्यसरी काम गर्दा पनि अवार्डको नोमिनेसनमा राखिदिनुभएको रहेछ। यसका लागि सम्पूर्ण जुरीलाई धन्यवाद।
पुरुषोत्तम दाइ 
इन्सिपिरेसन हुनुहुन्छ
हरि हुमागाईं

फिल्म : डमरुको डन्डिबियो

मेरा लागि कामना फिल्म अवार्डमा मनोनयनमा पर्नु नै खुसीको कुरा हो। मैले फिल्म होस्टेलबाट पहिले नै यो अवार्ड जितेको पनि छु। कामना अवार्डमा नोमिनिज हुने सबै जना एकसे एक हुनुहुन्छ। सबैको काम उत्कृष्ट छ। अवार्ड कसले जित्छ भन्ने क्वेसन मेरा लागि गाह्रो क्वेसन हो।

किनभने सबै जना बराबर मेहनती हुनुहुन्छ। भन्नैपर्ने अवस्थामा पुरुषोत्तम प्रधानलाई भन्छु। किनभने उहाँ एउटा इमानदार राम्रो र मेहनती टेक्निसियन हुनुहुन्छ।

जस्तोसुकै  कन्डिसनमा पनि दौडधुप गर्न सक्नुहुन्छ। नेपाली सिने क्षेत्रमा जति पनि सिनेम्योटोग्राफर छन्, उनीहरूका लागि पुरुषोतम दाइ इन्सिपिरेसन हुनुहुन्छ।

राजेश श्रेष्ठले जित्नुहुन्छ
सौरभ लामा

फिल्म : भिलेन (मदन कश्यप घिमिरेका साथ संयुक्तरूपमा)

कामना फिल्म अवार्डमा म पनि नोमिनेसनमा पर्दा खुसी लागेको छ। नोमिनेसनमा पर्नुहुने सबै जनालाई बधाई र शुभकामना।

यसपटक नोमिनेसनमा हुनुहुने राजेश श्रेष्ठले फिल्म प्रसादबाट अवार्ड जित्नुहुन्छ जस्तो लाग्छ। सबैको काम राम्रो र उत्कृष्ट नै छ। तर, उहाँले प्रसादमा धेरै नै उत्कृष्ट काम गर्नुभएको छ।

जुरीमा भर पर्छ 
राजेश श्रेष्ठ

फिल्म : प्रसाद
मैले अरू फिल्म हेरेको छैन, यस कारण भन्न सक्दिनँ। मैले अवार्ड जित्ने नजित्ने चाहिँ जुरीको डिसिजनमा भर पर्छ।
विधा : सम्पादन
लोकेशले जित्छ कि !
निमेष श्रेष्ठ

फिल्म : साइँली र डमरुको डन्डिबियो 
सबै फिल्म हेरेको छैन। तर, पहिला–पहिलाको फिल्म हेर्दा लोकेशको काम राम्रो लाग्थ्यो लोकेशले जित्छ कि⁄
निमेषले जित्छ कि !
लोकेश बज्राचार्य 
फिल्म  प्रसाद
मैले कसैको पनि फिल्म हेरेको छैन। तर, सबैको फिल्म राम्रो भएका कारण नै नोमिनेसनमा पर्नुभएको होला। निमेषको काम राम्रो लाग्छ। उसको दुईओटा फिल्म नोमिनेसनमा परेका कारण निमेषले अवार्ड जित्छ जस्तो लाग्छ।
सबै फिल्म बराबर
अर्जुन जिसी

फिल्म : नाइँ नभन्नु ल–५  

कामना फिल्म अवार्डले शुरूदेखि नै फेयर जजमेन्ट गरिरहेको छ। नोमिनेसनमा परेका सबै फिल्म राम्रा छन्। यस कारण सबैको काम राम्रो भएका कारण जुरीले जसको काम राम्रो मान्नुहुन्छ, उसैले जित्छ। मेरा लागि सबै फिल्म बराबर छन्।

भन्न सक्दिनँ 
विपीन मल्ल

फिल्म : छक्का पञ्जा–३ 
मैले सबै फिल्म हेरेको छैन। यस कारण भन्न सक्दिनँ। तर, जसले राम्रो काम गरेको छ, उसैले अवार्ड जित्छ।

प्रतिक्रिया दिनुहोस्