पूर्वाधार विकास बैंकका अध्यक्षद्वारा सपथ



काठमाडौं, (नेस)।

पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनुभएका अनुज अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभयो।

सो अवसरमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, कार्यकारी निर्देशक देवकुमार ढकाल, निर्देशक गोविन्द नागिलासमेतको उपस्थिति रहेको थियो।

त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट सञ्चालक चन्द्र प्रसाद ढकाल, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेज्यू र कम्पनी सचिव ईश्वरबन्धु गौतमको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्