रशु किड क्विन नेपाल



नेप्लिज फेसन होमद्वारा राजधानीमा आयोजित किड क्विन नेपाल–२०१९ को उपाधि रशु पन्तले जितेकी छिन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा २० सहप्रतिस्पर्धलाई पन्छाउँदै विजेता बनेकी उनले उपाधिबापत १० हजार रुपियाँ प्राप्त गरिन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न १७औं संस्करणको प्रतियोगितामा रोशिका लामा फस्ट र कृष्मा ढुंगाना सेकेन्ड रनर्सअप भए। प्रतियोगितामा सान्भी बानियाँ सोसियल वेलफेयर, सुप्रिया बिष्ट मिस ट्यालेन्ट, निशा विक मिस फ्रेन्डसिप, स्नेहा रजक मिस स्माइल, रितिका थापा मिस पर्सनालिटी, मनिषा राई मिस क्याटवाक, प्रकृना प्रधानांग मिस कल्चर, सुप्रिया तामाङ पब्लिक च्वाइस, सरु खोटेजु बेस्ट ड्रेस, प्राची किबनायो मिस डिसिप्लेन, स्नेहा प्रजापती बेस्ट हेयर, श्रीया जराजु मिस एलिगेन्ट, आयुषा वाइबा बेस्ट स्किन र निमिषा श्रेष्ठ मिस चार्मिङ भए।

कार्यक्रममा आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बालिकाहरूको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासका लागि हरेक वर्ष काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका बालिका तथा किशोरीबीच प्रतियोगिता आयोजना गर्दै आएको बताइन्।

सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्यद्वारा सञ्चालित प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको निर्णायकमा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई र डब्बु क्षत्री, मार्सलआर्टका गुरु अशोककुमार श्रेष्ठ, नेपाल एयरलाइन्स कर्पोरेसनका अच्युतराज पहाडी, गायिका लसता जोशी, मेकअप आर्टिस्ट मञ्जु कार्की पाण्डे र व्यवसायी रोशन सायमी थिए।

 

प्रतिक्रिया दिनुहोस्