देशभर “च च हुई”



नायक आर्यन सिग्देल केही समयको अन्तरालपछि देखिन लागेको फिल्म ‘च च हुई’ आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ।

साम्तेन भुटियाको निर्देशन तथा सम्पादनमा बनेको फिल्ममा आर्यनले प्रेमको भूमिका निर्वाह गरेका छन्। लभर ब्वाइका रूपमा रुचाइएका आर्यन अन्य भूमिकामा दर्शकबाट राम्रो प्रतिक्रिया नपाएपछि यो फिल्ममा फेरि पुरानै भूमिकामा देखिँदै छन्।

फिल्ममा आर्यनको जोडीका रूपमा मिरुना मगर छिन्। प्रेमकथामा हाँसो भरेर निर्माण गरिएको फिल्ममा आर्यन र मिरुनाका साथमा भोलाराज सापकोटा, माओत्से गुरुङलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

फिल्ममा सुजन दाहालको लेखन, राजनराज शिवाकोटीको संगीत, शिशिर खत्रीको कोरियोग्राफी, किशोर नेपालको कला निर्देशन र सुसन प्रजापतीको छायांकन रहेको छ।

नायक आर्यन सिग्देलले फिल्ममा आफ्नो भूमिकालाई दर्शकले मन पराउने विश्वास गरेका छन्। फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घले लामाले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्