केन्द्रीय बैंकलाई गलत सूचना पेश गरेको भन्दै  बैैकका सयौं खाता नै बन्द



एजेन्सी । रिजर्व बैंक अफ इंडिया ९आरबीआई०ले भारतका केहि बैंकहरुलाई कारबाही गरेको छ । (आरबीआई)ले पुणेको जनता सहकारी बैंक, जलगांव पीपुल्स कोअपरेटिभ बैंकलाई जरिवना सहित कारबाही गरेको हो ।

रिजर्व बैंकले जनता सहकारी बैंकलाई १ करोड भारु जरिवना र जलगांव पीपुल्स को(अपरेटिभ बैंक०लाई २५ लाख भारु जरिवना गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रिजर्व बैंक अफ इंडिया (आरबीआई)ले जारी गरेका निर्देशनको पालना नगरेका कारणले कारबाही गरिएको आरबीआईले जनाएको छ ।

महाराष्ट्रको पञ्जाब एण्ड महाराष्ट्र को(अपरेटिभ बैंक९पीएमसी०का खातावालाले मुम्बई स्थित भारतीय रिजर्व बैंक(आइबीआए)को बाहिर विरोध प्रदर्शन गरेका थिए । पञ्जाब एण्ड महाराष्ट्र कोअपरेटिव (पीएमसी) बैंकका खातावालाहरु आफ्नो रकम बैंकमा कैद भएपछि विरोधमा उत्रेका थिए ।

पीएमसी बैंकको व्यबस्थापनले आरबीआईलाई बैंकको खराब कर्जा र ऋणीको गलत विवरण बुझाएको आरोप लागेको छ । आरबीआईलाई गलत सूचना पेश गरेको कारण आइबीआईले बैैकका सयौं खातावालको खाता नै बन्द गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्