मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी



ला पाज ।  बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गर्नुभएको छ ।

राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै देशव्यापी विरोध प्रदर्शन भइरहेका छन् ।बोलिभियाको निर्वाचन आयोगले करिब ९९ प्रतिशत मतगणना हुँदा राष्ट्रपति मोरालेस विजयी हुनुभएको घोषणा गरेको छ ।

मोरालेसले कूल खसेको मतको ४७।१ प्रतिशत मत प्राप्त गर्नुभएको आयोगको भनाई छ । उहाँका विपक्षी कार्लोस मेसाले ३६।५ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

बोलिभियाको संविधान र निर्वाचन कानुन अनुसार दोस्रो चरणको मतदानका लागि दुई उम्मेदवारबीच न्यूनतम १० प्रतिशत मतान्तर हुनु आवश्यक छ ।

निर्वाचन आयोगको मतगणना प्रक्रियामाथि विपक्षीहरुले निरन्तर आलोचना गरिरहेका थिए । मोरालेसका उपराष्ट्रपति समेतले निर्वाचन प्रक्रियाको विरोध गर्नुभएको थियो ।

मोरालेसले नयाँ पदावधिका लागि सपथ लिएसँगै उहाँ आगामी सन् २०२५ सम्म मुलुकको राष्ट्रपति हुन पाउनु हुनेछ ।

बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने प्रावधान छ, तर सर्वोच्च अदालतले उक्त प्रावधान फुकुवा गरेको छ । सर्वोच्चकै आदेश बमोजिम उहाँ राष्ट्रपतिका लागि चौथो पटक उम्मेदवार हुनु भएको थियो ।

विपक्षी नेता मेसाले मोरालेसको दल मुभमेन्ट फर सोसलिज्म (मास) ले निर्वाचनमा व्यापक धाँधली गरेको आरोप लगाउनुभएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्