पोइ पर्यो काले एक्लै आउँदै



अभिनेता तथा निर्माता निर्देशक शिशिर राणाको कथा तथा निर्देशनमा बनेको फिल्म पोई पर्यो काले अचानक सोलो रिलिज हुने भएको छ।क्यूएफएक्सले बलिउड फिल्म हाउसफुल–४ लाई च्याप्दै पोइ पर्यो कालेसँगै रिलिज हुने घामड शेरेका लागि अत्यन्त न्यून शोज दिएकाले त्यसको निर्माणपक्षले फिल्म दुई साताका लागि पछाडि सारेपछि पोइ पर्यो काले सोलो रिलिजमा आउने भएको हो।

रंग रोगनले मान्छे राम्रो नराम्रो छुटिँदैन। मन गोरो हुनुपर्छ, तन कालो भए पनि फरक पर्दैन भन्ने कथावस्तुमा बनेको फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सृष्टि श्रेष्ठ, राजाराम पौडेल, सौगात मल्ल, सोहित मानन्धर, बिन्दा खतिवडा, जयनन्द लामा, शिशिर राणालगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

दीपक मनाङे र सरोज नेपालीको निर्माण रहेको फिल्ममा अर्जुन पोखरेल, लालबहादुर खाती र पुरुषोतम न्यौपानेको संगीत, कविराज गहतराज र कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्