१९ वर्षीया किशोरीलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्ड



काठमाडौँ । उन्नाइस वर्षीय किशोरीलाई जिउँदै जलाउने १६ जनालाई बंगलादेशको अदालतले मृत्युदण्ड दिने फैसला सुनाएको छ । गत ६ अप्रिलमा १९ वर्षीया किशोरी नुसरत जाहान रफीलाई १६ जना मिलेर मट्टितेल छर्की ज्युँदै जलाएका थिए ।

एक इस्लामिक स्कूलमा अध्ययनरत नूसरतले स्कूलका प्राधानाध्यापक सिराज उद दौलाले निरन्तर यौन दुब्र्यवहार गर्दै आएको आरोपमा उजुरी गरेकी थिइन् । नुसरतलाई पटकटक उजुरी फिर्ता गर्न दबाब दिइएको थियो ।

उनले यौनहिंसाविरुद्धको उजुरी फिर्ता गर्न नमानेपछि उनलाई ढाकाबाट १ सय ६० किलोमिटर टाढा फेनी सहरस्थित एक मदरसाको छतमा ज्युँदै जलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्