पैसा नतिर्ने बिद्यार्थी कार्यक्रमबाटै बन्चित

0
Shares

चेर्रीहिल,(एजेन्सी)।

संयुक्त राज्य अमेरिकाको एउटा जिल्लाको बिद्यालयले ७५ अमेरिकी डलर भन्दा बढि पैसा तिर्न बाँकी बिद्यार्थीहरुलाई बिद्यालयको वार्षिक कार्यक्रमको नाचगान तथा अन्य अतिरिक्त क्रियाकलापमा सरिक नगराउने निर्णय गरेको छ।

न्युजर्सी स्थित चेर्री हिल नामक सो बिद्यालयका बोर्ड अध्यक्षले सहानुभूतिमा सन्तुलन ल्याउन तथा मानिसहरुलाई जिम्मेवारी महशुस दिलाउन यो कदम चालिएको स्पष्ट पारेका छन्। यो समस्या समाधानका लागि बिद्यार्थीहरुको ऋण तिरिदिन एकजना व्यापारीले राखेको प्रस्ताव पनि सो बोर्डले अस्विकार गरेको बुझिएको छ।

यसअघि समयमै पैसा चुक्ता नगर्ने बिद्यार्थीहरुलाई संजाय स्वरूप लन्च सुविधामा कटौति गर्ने नीतिको सर्वत्र व्यापक आलोचना भएपछि यो नयाँ कदम चालिएको स्थानिय संचार माध्यमले जनाएको छ।

गत अगष्टमा चेर्री हिलले पैसा तिर्न बाँकी यस्ता बिद्यार्थीहरुलाई लन्चमा पूरा खाना नदिई टुना स्यान्विच मात्र सर्भ गर्ने निर्णय गरेको थियो। सर्वसाधारण तथा सम्बन्धित अभिभावकले उक्त लन्च निषेध कार्यक्रमको कडा विरोध गरेका थिए।

यस जिल्लाका १९ वटा बिद्यालयमा करिव ११ हजार ३ सय ५० जना बिद्यार्थी अध्ययनरत छन्।तर तिनीहरु मध्ये करिव २० प्रतिशतलाई भने निशुल्क वा सहुलियत दरमा खानाको व्यवस्था गरिएको छ। चेर्री हिलमा खानाका लागि ३ डलर पर्दछ।

चेर्री हिल सुपरमार्केट चेन चलाउने स्टिभ राभित्जले गत सेप्टेम्वरमा मर्कामा पर्ने बिद्यार्थीहरुलाई मद्धत गर्न खोजेका थिए।

Skip This