ह्याकर समूहमाथि नैह्याकिङ



तेहरान, (एजेन्सी)।

संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाले सोमबार विश्वका थुप्रै मुलुकमाथि जासुसी गर्ने उद्देश्यले रुसी एक समूहले इरनको एकह्याकिङ समूहलाई नैह्याक गरेको जनाएको छ।

आयलरिग नामक उक्त इरानी समूहले रुसस्थित तुर्ला नामक समूहले आफ्नो अपरेसनह्याक गरेकोमा आलोचना गरेको छ।

अन्य पीडितलाई टार्गेट बनाउन रुसी समूहले यो कार्य गरेको हो। सन् २०१७ मा नेसनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले बेलायतको एउटा प्राज्ञिक संस्थामा भएको साइबर आक्रमणको सिलसिलामा गरेको अनुसन्धानबाट यसरीह्याकरमाथि नैह्याकिङ भएको रहस्य खुलेको बताइएको छ।

एनसीएससीले इरानस्थित आयलरिगका क्षमता र उपकरणहरू प्रयोग गर्न सफल रुसी तुर्ला समूहले सो संस्थामा आक्रमण गरेको पत्ता लगाएको थियो।

महिनौं लामो अनुसन्धानको दौरान तुर्लाले आयल रिगमाथि टार्गेट गरी त्यसकै उपकरण र पहुँचमार्फत डाटा संकलन गरेर थप सिस्टमसँग कम्प्रोमाइज गरेको खुलेको हो।

सो साइबर आक्रमण विश्वका ३५ भन्दा बढी मुलुकमाथि केन्द्रित भएको पाइएको थियो। आक्रमणको शिकार हुनेहरूमा अधिकांश मध्यपूर्वी मुलुक रहेका थिए।

तिनीहरूको कम्तीमा २० वटा आक्रमण प्रयास सफल रहेको थियो। आक्रमणको उद्देश्य सरकारीलगायत विभिन्न निकायका गोप्य सूचना तथा तथ्यांक संकलन गर्नु थियो।

गुप्तचर निकायहरूले तुर्लाले आफ्नो ट्र्याक लुकाउँदै इरानीहरूले चारेका सूचना कब्जा गरी इरानीहरूकै एक्सेस प्रयोग गरेर आफ्ना अपरेसन जारी राखेको पत्ता लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्