अस्ट्रेलियाली अखबारका प्रथम पृष्ठ ‘ब्ल्याक आउट



क्यानबेरा, (एजेन्सी)।अस्ट्रेलियाका सबै अखबारले सोमबार आफ्नो पहिलो पृष्ठ कालो छापेका छन्। सरकारी नीतिको विरोधमा गरिएको यस घटनालाई अभूतपूर्व मानिएको छ।देशका सञ्चारमाध्यममाथि लगाम लगाउने प्रयासको विरोध गर्न अखबारहरूले उक्त कदम उठाएका हुन्।

अस्ट्रेलिया सरकारले ल्याएको कडा कानुनले जनतासम्म सूचना पुर्याउनमा रोक लगाएको अखबारले जनाएका छन्।अखबारको पहिलो पृष्ठ कालो राख्ने यो तरिका गत वर्ष जुनमा अस्ट्रेलियाको एक ठूलो सञ्चार समूह अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले मुख्यालय तथा एक पत्रकारको घरमा छापा मारेको घटनाको विरोधमा उठाएको थियो।

ह्विसलब्लोअर्सबाट चुहावट भएका जानकारीका आधारमा केही लेख प्रकाशितपछि गरिएका उक्त छापा मारिएको थियो। अखबारको यस अभियान ‘राइट टु नो कोएलिसन’ लाई कयौं टेलिभिजन, रेडिया र अनलाइन समूहले पनि समर्थन गरिरहेका छन्।

विगत दुई दशकमा अस्ट्रेलियामा खोजी पत्रकारितालाई खतरा पुर्याउने गरी कडा कानुन ल्याइएको अभियान चलाउनेले बताएका छन्। गत वर्ष नयाँ कानुन ल्याइएपछि सञ्चार संगठन, पत्रकार र सूचना चुहावट गर्नेहरूलाई संवेदनशील मामिलामा रिपोर्टिङ गर्न छुट दिनुपर्नेमा अभियान चलाइरहेको छ।

सोमबार देशको सबैभन्दा ठूला अखबार र अन्य प्रतिस्पर्धीले ऐक्यबद्धता देखाउँदै आफ्नो मुख्य पष्ठमा लेखिएका सबै शब्दहरूमा कालो रंग पोतेका छन्। त्यसमा रातो रंगको स्ट्याम्प लगाइएको छ, जसमा लेखिएको थियो– सिक्रेट।

ती अखबारहरूले राष्ट्रिय सुरक्षा कानुनका कारण रिपोर्टिङमा अंकुश लगाइएको र देशमा एक ‘गोपनीयतको संस्कृति’ बनेको बताए।सरकारले प्रेस स्वतन्त्रताको समर्थन गरेको तर कानुनभन्दा ठूलो कोही नहुने जनाएको छ।

न्युज कोर्प अस्ट्रेलियाका कार्यकारी प्रमुखले आफ्नो अखबारको मुख्य पृष्ठको तश्वीर ट्विट गरेका छन् र जनतासँग सरकारलाई यो प्रश्न सोध्न आग्रह गरेका छन्– ‘उनीहरू हामीसँग के लुकाउन चाहेका छन् ?’

त्यसै गरी न्युज कोर्पका मुख्य प्रतिद्वन्द्वी नाइनले पनि आफ्नो अखबार ‘सिड्नी मर्निङ हेराल्ड’ र द एजको मुखपृष्ठ कालो छापे।एबीसीका महानिर्देशक एन्डरसनले भने– ‘अस्ट्रेलिया विश्वमा सबैभन्दा गोप्य लोकतन्त्र बन्ने खतरा बढेको छ।’

तर, अस्ट्रलिया सरकारले आइतबार ती छापालाई लिएर तीन पत्रकारविरुद्ध अभियोग लगाउन सकिने दोहोर्याएको छ।अस्ट्रेलियका प्रधानमन्त्री स्कट मोरिसनले प्रेस स्वतन्त्रता महŒवपूर्ण भएको तर कानुनी राज्य कायम रहनुपर्ने बताए।

उनले भने– ‘त्यो ममाथि पनि लागू हुन्छ वा कुनै पत्रकारमाथि पनि वा जो–कोही माथि।’
अस्ट्रेलियामा प्रेस स्वतन्त्रतामा एक जाँच प्रतिवेदन अर्को वर्ष संसद्मा पेस हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्