जी–७ बैठक आफनो रिसोर्टमा गराउने ट्रम्पको प्रयास असफल



वासिङटन (एजेन्सी)।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनै एक रिसोर्टमा जी ७ देशको शिखर सम्मेलन गर्ने योजना रद्द गरेका छन्।आफनो ट्विट्स मार्फत सँधै चर्चामा रहने राष्ट्रपति ट्रम्पलले आफनो योजना फिर्ता लिएको घोषणा गर्दै पुन एक पटक आफना विरोधी तथा सन्चार माध्यमहरुलाई गाली गरेका छन्।

विहिबार ह्वाइट हाउसले अर्को बर्ष फलोरिडा स्थित राष्ट्रपति ट्रम्पकै रिसोर्टमा विश्वका सात्त प्रमुख औद्योगिक देशका नेताहरुको बैठक गराउने घोषणा गरेको थियो।ट्रम्पको उक्त योजनालाई लिएर आफनो निजि फाइदाका लािग आफनो रिसोर्टको प्रयोग गरेकोमा आलोचना भएको थियो।

ह्वाइट हाउसले त्यसको खन्डन गरेको थियो। ट्रम्पको आफनै रिपब्लिकन पार्टीका केही सांसद सहित अमेरिकी सांसदहरुले पनि यसमा आपत्ती जनाएका थिए।त्यसको दुई दिनपछि राष्ट्रपति ट्रम्पले एक पछि अर्को ट्विट गर्दै उक्त योजना रद्द गरेको जानकारी दिए। उनको निजि रिसोर्टको स्थानमा अब यो शिखर बैठक अमेरिकी राष्ट्रपतिको रिसोर्ट क्याम्प डेविडमा गराउन सक्ने पनि उनले सुझाव दिएका छन्।

आफनो रिसोर्ट विशाल र भब्य भएको र त्यहाँको ‘बलरुम र मिटिंग रुम ‘पनि विशाल भएकोले आफुले त्हाँ बैठक गराउन चाहेको ट्रम्पले लेखेका छन्।

ट्रम्प नेसनल डोरालको प्रयोग गरि देशका लागि केही राम्रो गरि रहेको आफुलाई लागेको पनि उनले बताए। तर सँधै विद्धेष राख्ने सन्चार माध्यम र आफना डेमाक्र्याट सहयोगी पागल भएको उनले पोस्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्