आणविक विस्फोटपछि कन्डिस्नर र स्याम्पु प्रयोग खतरनाक



वासिंगटन,(एजेन्सी)।अमेरिकाको रोग नियनत्रण तथा रोकथाम केन्द« ( सिडिसि ) ले आफ्ना जनतालाई आणविक विस्फोटनपछि कन्डिस्नर प्रयोग गर्दा केशमा रेडिायोधर्मिको नराम्रो असर पर्न सक्ने चेतावनी दिएको छ।यस्तो स्थितीमा सामान्यतया स्याम्पुले मात्र केश धुँदापनि रेडियोधर्मिको संसर्गमा आउने गम्भीर खतरा रहेको बताइएको छ।

अमेरिकी सरकारले यदि आणविक आक्रमण भएको खण्डमा के गर्नुहुन्छ र के गर्नु हुन्न भन्नेबारे तयार पारिएको निर्देशिकामा यो कुरा उल्लेख गरिएको हो।

पचासको दशक यता विश्वमा आणविक हातहतियार कटौति हुन थालेपनि अझै सम्म आणविक युद्धको सन्त्राश व्याप्त नै छ। गत महिना मात्र अमेरिकाले रसियासंगको आणविक सन्धिबाट आफ्नो हात झिकेको थियो।

सो समझौताले अमेरिका र रसियालाई हजारौं संख्यामा स्थलमा आधारित क्षेप्यास्त्रहरु राख्न , उत्पादन गर्न वा परिक्षण गर्न रोक लगाएको थियो।त्यसपछि अमेरिकाले सो सम्झौताले रोक लगाउन सक्ने एउटा क्षेप्यास्त्र परिक्षण गरेको थियो।

सिडिसिले यदि आणविक विस्फोट भएको खण्डमा कन्डिस्नरले मानव केश र रेडियोधर्मि पदार्थबिच ग्लुको जस्तो काम गर्ने जनाएको छ।

साथै केशमा समान्य तरिकाले स्याम्पु माड्नाले पनि रेडिायोधर्मिके संसर्गमा पर्ने ठूलो खतरा रहेका ेजनाइएको छ। आणविक विस्फोटपछि निस्कने रेडियोधर्मियुक्त धुलो केशमा पर्न सक्ने बताइएको छ।

यस्तो विस्फोटनपछि सुरक्षित गन्तव्यमा जान मानिसलाई निकै थोरै मात्र समय रहन्छ।
विस्फोट भएको करिव एक सेकेन्डको दश भाग भित्रै आकासभरि आँखा नै तिरमिराउने खालको प्रकास विशाल सुन्तला रंगको आगोको डल्लो फैलिन्छन्।

साथै विस्फोटका ेकारण निस्कने डरलाग्दो कम्पनले भवनहरु ढाल्नुका साथै अत्यन्त उच्च तापक्रम प्रवाह हुँदा छाला जल्ने तथा आगलागिहरु शुरू हुने गर्छन्।बम विस्फोट नजिकका मानिसहरुको तत्कालै ज्यान जान्छ। पााच माइल पर सम्मका मानिसहरुलाई ते।ोडिग्रीको पोलाई हुन्छ। ५३ माइल टाढाका मानिस समेत केहि समय सम्म अन्धोपनाको शिकार हुन्छन्।

तर विस्फोटको केहि मिनेट देखि घन्टौ पछिसमम दिर्घकालिन खतरा नस्किन्छ। विस्फोट पछि आणविक रेयिोधर्मियुक्त खरानी र धुलो वायुमन्डलमा फैलिन्छ।

ति तत्वहर मानिको छाला र केशमा पर्नसक्छन् , तिनले मानव शरिरका कोषका क्षति पुर्याउनुका साथै ज्यानै पनि लिन सक्छन्। ििडसिले आणविक विस्फोट हुासाथ सबैलाई पक्किी घर भित्र छिर्न सल्लाह दिएको छ। अझ भुमिगत कक्ष वा झ्याल नभएका कोठा वेश हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्