सिरिया संकट गहिरिएसँगै एर्डोगानलाई रुसको निम्तो


मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गर्नुभएको छ ।

रुसी राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पुटिनले एर्डोगानलाई जतिसक्दो छिटो रुस भ्रमण गर्न आमन्त्रण पनि गर्नुभएको छ ।

पुटिनको कार्यालयद्वारा मंगलबार अबेर जारी वक्तव्यमा टर्कीका राष्ट्रपति एर्डोगानले रुसको निमन्त्रणलाई स्वीकार गर्नुभएको उल्लेख छ ।

दुई नेताबीच टर्की र सिरियाली सेनाबीच कुनै किसिमको भिडन्त नहोस् भन्नेमा छलफल भएको थियो । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार टर्कीका तर्फबाट टेलिफोन सम्पर्क भएको थियो ।

टेलिफोन संवादमा रुसी राष्ट्रपतिले टर्कीको आक्रामक कारबाहीका कारण सिरियाली कुर्द इलाकामा बन्दी बनाइएका आतंककारीहरु अन्यत्र भाग्न सक्नेतर्फ चासो व्यक्त गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । एएफपी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।