सिलिन्डर विस्फोटमा दशको मृत्यु

0
Shares

नयाँदिल्ली, (एजेन्सी)। उत्तरी भारतीय राज्य उत्तर प्रदेशको एउटा घरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्। सोमबार माउ जिल्लामा सो सिलिन्डर विस्फोट हुँदा दुईतले घर ढलेको थियो।

उद्धारकार्य जारी रहेको छ भने भग्नावशेषमा अझै केही मानिस पुरिएको हुनुपर्ने आशंका प्रहरीले गरेको छ। छिमेकीहरूले अचानक ठूलो विस्फोटको आवाज सुनेको र तत्कालै त्यहाँ आगलागी भएको बताएका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनामाथि गम्भीर ढंगले छानविन गर्न निर्देशन दिएका छन्। योगीले मृतक परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यथासम्भव उद्धार र घाइतेहरूको उपचार गराउन निर्देशन दिएका छन्।

 

Skip This