क्यालिफोर्नियामा भुवा र प्वाँखमाथि प्रतिबन्ध



लस एन्जेल्स, (एजेन्सी)। क्यालिफोर्निया जनावरको भुवा तथा प्वाँखबाट बनेका सामान उत्पादन र बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने संयुक्त राज्य अमेरिकाकै पहिलो राज्य भएको छ।

त्यहाँका कुनै पनि बासिन्दाले आगामी सन् २०२३ देखि त्यस्ता पशुजन्य वस्तु प्रयोग गरी लुगाफाटा, जुत्ता वा ह्यान्ड ब्याग बनाउन र प्रयोग गर्न नपाउने भएको बताइएको छ।

लामो समयदेखि यस्तो प्रतिबन्धका लागि जोडदार आबाज उठाउँदै आएका जनावर अधिकारवादी समूहको पहलमा सरकारले यो कदम उठाएको हो

। क्यालिफोर्नियाका गवर्नर गाभिन न्युसमले उक्त प्रतिबन्ध विधेयकमा हस्ताक्षर गर्दै बिरालो, कुकुर र घोडाबाहेक अन्य जनावरलाई सर्कसमा पनि प्रयोग गर्न नदिइने बताएका छन् तर ती जनवारलाई खोरमा राखेर पाल्नबाट भने रोक नलगाइने बताइएको छ।

एउटा विज्ञप्तिमार्फत न्युसमले क्यालिफोर्नियाले जनावरको हक र हितको अभियानकोनेतृत्व लिएको जानकारी गराएका छन् तर सनफ्रानस्स्किो क्रोनिकलले भने यो प्रतिबन्ध गाई, हरिण, भेडा र बोकाका छालामा लागू नहुने जनाएको छ।

साथै मरेका जनवारमा अन्य वस्तु भरेर सजावटका लागि राखिने काममा पनि यस नयाँ कानुनले कुनै रोकतोक नगर्ने बुझिएको छ। यो कानुन तोड्नेलाई ५ सय अमेरिकी डलर जरिवाना गरिने भएको छ।

साथै अपराध दोहराउनेलाई जनही १ हजार डलर जरिवाना लाग्ने छ तर सरकारको यस निर्णय भुवा तथा प्वाँख सूचना परिषद्का प्रवक्ता केइथ काप्लानले आलोचना गरेका छन्।

उनले यो सोच कटरपन्थी साकाहारीको सोचको उपज भएको बताएका छन्। गत मे महिनामा फेसन हाउस प्राडाले भुवाको प्रयोग छोड्ने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्