न्युज अफ नेपाल, नवलपरासी ।
प्रतापपुर गाउँपालिका–५ बसहिया बस्ने २२ वर्षीय अभिमन्यु सिंह कुर्मीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
मोटरद्वारा पानी तान्ने क्रममा मोटरको तार सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएका सिंहको उपचारका लागि शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया