न्युज अफ नेपाल, काठमाडौं ।
टोखा नगरपालिका–११ महादेवटार हाईट बस्ने ६५ वर्षीया सिलमाया तामाङको करिब तीन तोलाको सुनको सिक्री बिहीबार बिहान लुटपाट भएको छ ।
घर अगाडि रोड छेउमा मुख धुने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिहरुले उक्त सिक्री लुटी फरार भएको बताइएको छ ।
लुटपाटमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया