आगलागीबाट फर्निचर उद्योगमा ४० लाखको क्षति

0
Shares

न्युज अफ नेपाल, नवलपरासी ।

आगलागीबाट फर्निचर उद्योगमा ४० लाखको क्षति भएको छ ।

पूर्वी नवलपरासीको कावासोती ८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको हो । आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

राति साढे ११ बजेतिर शुरु भएको आगलागी कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको हो ।

विद्युत सर्टका कारण आगलागीको भएको हुन सक्ने अनुमान गरिएको छ ।